जनकपुरधाम ।नेपाल सरकारले भारतसितको सीमानाका खुल्ला गरेपनि भारतीय अबरोध कायमै छ ।
भारतीय सवारी साधन र यात्रुहरु निर्वाध रुपमा नेपालमा प्रवेश पाएका छन् । तर नेपाली सवारी साधन र यात्रुहरुको भारत प्रवेश अझै खुलेको छैन् ।नेपाली सवारी साधन भारतमा छिर्न पाएको छैन् ।यद्यपी यात्रुहरु भने मुल नाकाको छेउबाट आउजाउ गरिरहेका छन् । नेपाल सरकारले नाका खुल्ला गर्न परिपत्रगरे लगतै सबै नाका खोलिएको छ ।भारत तर्फ अबरोध रहेकाले नेपाली सवारी साधनहरु जान पाएको छैन् । २०७६ साल चैत ११ गतेदेखि नेपाल–भारत नाका सिल गरिएको थियो ।शुक्रवारदेखि नेपाली नाका खुलेपनि भारतीय नाका नेपाली सवारी साधनका लागि खुलेको छैन् । भारतीय सुरक्षा अधिकारीहरुले नेपाली सवारी साधनका लागिपनि चाँडै नाका खोलिने जनाएका छन् ।आइतवारदेखि नेपाली सवारीहरुलाईपनि भारतमा प्रवेश दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।
दशैंको मुखमा नाका खुल्ला भएपछि सीमा क्षेत्रको भारतीय बजारमा चहलपहल निकै बढेको छ ।भारतीय सीमावर्ती बजार नेपाली उपभोक्ताको भरमा चलेको छ ।


