२०७८ आश्विन १७, आईतवार ०७:३२

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा वितरण गरिएको ‘सेनिटरी प्याड’ खरिदमा अनियमितता भएको खुलासा भएको छ ।

सामूदायिक विद्यालयहरुमा अध्ययनरत बालिकालाई स–शर्त अनुदान शिर्षकमा वितरण गर्न दिएको रकममा महोत्तरीको एकडारा गाउँपालिकामा लाखौंको भ्रष्टाचार भएको खुलेको हो । कम्पनीले प्रति गोटा सेनिटरी प्याडको खुद्रामूल्य न्यनतम ३५ र अधिकतम् ४५ रुपैया तोकेको छ । तर प्रति प्याड ८२ मा खरिद गरेको गापाले उपलब्ध गराएको सूचनामा उल्लेख छ । पालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा सेनिटरी प्याड प्रति थान ८२ को दरले १२ हजार ९ सय ८८ थान र आ.ब.०७७÷०७८ मा रु.८२ कै दरले सेप्mटी कम्पनीको १३ हजार प्याड खरिद गरी पालिकाका ७ वटा विद्यालयमा वितरण गरेको छ । सेफ्टी प्याडको खुद्रामूल्य रु.३५ देखि ४५ रहेको कम्पनीको वेभसाइटमा उल्लेख छ । गापाले जनता माध्यमिक विद्यालय कोल्हुवा बगेयामा २ हजार २४ थान,ने.रा.अ.वि.अजमरपट्टीमा ७ सय २० थान , मा.वि.एकडारामा २ हजार ४० थान , ने.रा.अ.वि.बहेरा जब्दीमा ९ सय ६० थान, मु.रा.अ.वि.मटौलियामा ६ सय थान ,ज.अ.विद्यालय चकवामा ७ सय २० थान , ज.मा.वि.हलखोरीमा १ हजार ९ सय २० थान गरी ९ हजार प्याड वितरण गरेको छ । खरिद गरिएका करिब २६ हजार प्याडमा पालिकाले २१ लाख रकम खर्चेको छ । बजार मुल्य र पालिकाले खरिद गरेको मुल्य बीच १० लाख बढीको अन्तर देखिएको छ । पालिकाले वितरण गरेको अधिकांश प्याडहरुमा नेपाल सरकारद्वारा निःशुल्क वितरण गरिने छाप लागेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयमार्फत निशुल्कमा वितरण गरिएको प्याड पालिकाले बाँडेर लाखौको अनियमितता गरेको छ । तत्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जिल्लाको एकडारा लगायतका पालिकाहरुको विद्यालयमा निःशुल्क वितरणको लागि प्याड उपलब्ध गराएका थिए ।

संघीय सरकारले पनि समय–समयमा निःशुल्क प्याड वितरण गर्दै आएको छ । सोही प्याडहरु वितरण गरि पालिकाले नपाको बजेट भ्mवाम्म पारेको हो । नेपाल सरकारको निःशुल्क लेखिएको छाप भएको कुनै पनि सामान खरिद विक्री गर्नु गैरकानूनी रहेको छ । तर गापाले निःशुल्क लेखिएको प्याड वितरण गरेर लाखौ रुपैयाँ अनियमितता गरेको जनता समाजवादी पार्टी महोत्तरी जिल्ला सचिव एवं एकडारा गापा ईन्चार्ज महेश यादवले आरोप लगाए । उनले भने –‘ बालिकाको प्याडको रकममा रजाई गर्नेहरुमाथि कारवाही हुनु पर्छ अन्यथा गापामा अनियमितता बढ्दै जाने हो तसर्थ प्याड वितरणमा गरिएको खर्चको छानबिन हुनै पर्छ । ’ गाउँपालिकाले सेनिटरी प्याडमा मात्र हैन अन्य शिर्षकमा पनि अनियमितता गर्दै आएको नेता यादवको आरोप छ । खुद्रामा न्युनतम २५ तथा अधिकत्म ४५ खुद्रा मुल्य रहेको सेप्mटीको थोकमा किन्दा एउटा प्याडमा दुई वटा प्याड सम्म कम्पनीहरुले निःशुल्क उपलब्ध गराउने गरेको औषधि पसल संचालक अमरेश तिवारी बताउँछन । उनी भन्छन —‘ खुद्रामा हामीले ३५ देखि ४५ रुपैयाँ गोटा बेच्ने गरेका छौं तर कसैले एक दर्जन लिएमा कम्तिमा तीन प्याड अतिरिक्त दिने गरेका छौं । ’ यसरी पालिकाले एउटा प्याडमै एक सय भन्दा बढि रुपैयाँ अनियमितता गरेको देखिन्छ । गाउँपालिकाले टेन्डर मार्फत सेनिटरी प्याड खरीद गरेको प्याड कतिको दरले खरिद गरिएको, प्याडमा निशुल्क वितरणका लागि लगाइएको छाप सहितका सूचना बारे आफुलाई कुनै पनि जानकारी नरहेको गाउँपालिकाका अध्यक्ष राम छविला साहले बताए ।

साह तात्कालिन राजपाबाट विजयी भएका थिए भने हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालसंग आवद्ध छन् ।

Comment


Related News

Latest News

Trending News