२०७८ आश्विन १७, आईतवार ०७:४५

जनकपुरधाम । धनुषाधाम नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ ।

नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा कृषि, पशु, शिक्षा, योजना, प्रशासन, आर्थिक प्रशासन, महिला विकास, सहकारी र राजश्व शाखाका संयोजकहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । नगर उपप्रमुख विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की लगायत ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा गत आर्थिक वर्षमा भएको कामकाजको समिक्षा गरिएको थियो । गत आर्थिक वर्षमा भएको विकास निर्माणको कामकाजप्रति जनप्रतिनिधिहरुले सन्तुष्टि व्यक्त गर्दै चालु आवमा थप प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

Comment


Related News

Latest News

Trending News