२०७८ आश्विन १८, सोमबार ०७:४२

मलगंवा । सर्लाहीको विभिन्न बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थीहरुले आफ्नो एकदिनको खाजा खर्च बचाएर विपन्न तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

उनीहरुले कार्यक्रमका आयोजक संस्था बाल कल्याण समाज रामनगरले कौडेना गाउँपालिका क्षेत्र भित्रका विभिन्न वडाबाट छनौट गरेका १७ जना विपन्न तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो । एकदिनको खाजा खर्च वापतको रकम बचाएर शैक्षिक सामग्री खरिद गरि वितरण गरेका छन् । शनिवार कौडेना गाउँपालिका वडा न–३ स्थित स्योर सक्सेस बोर्डिङ स्कुलको प्रांगणमा आयोजक संस्थाका अध्यक्ष श्याम सुन्दर रायको सभापतित्व तथा गाउँपालिका अध्यक्ष राम प्रसाद राय यादवको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा बालबालिकालाई जनही १० थान काँपी, १० थान डट पेन, १ थान औजार बक्स, १ थान कलर सेट र १ थान पिक्चर डिक्सनरी वितरण गरिएको आयोजकले जनाएको छ । मदर ल्याण्ड बोर्डिङ स्कुल गोडैता, स्योर सक्सेस बोर्डिङ स्कुल गोडैता, बेणी भोला मावि गोडैता,गुडलक बोर्डिङ स्कुल भाँडसर,ब्लु स्काई बो.स्कुल खुटौना,पद्मरत्न स्कुल मलंगवा तथा न्यु मोडेल स्कुल मलंगवाका विद्यार्थीहरु साथै सुन्दरपुर निवासी मुस्ताकले संकलन गरेको रकमबाट उक्त शैक्षिक सामग्रीहरु वितरण गरेका हुन ।

कार्यक्रममा कौडेना गापा वडा न–३ का वडाध्यक्ष प्रभु चौधरी , आयोजक संस्थाका कोषाध्यक्ष रबिन्द्र मण्डल ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (ल्ल्म्क्ध्इ) सर्लाहीका अध्यक्ष राजेश पासवान , इन्सेक जिल्ला सर्लाही प्रतिनिधि बुधन साह, प्रहरी चौकी कौडेनाका इन्चार्ज प्र.ना.नि चन्देश्वर सिंह लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News