२०७८ आश्विन १८, सोमबार १९:२०

सशस्त्र प्रहरीले पर्साबाट प्रतिबन्धित लागूऔषध चरेस १० किलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका–३ हरैयाका १८ वर्षीय सुनिल माझी र अर्का १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । जगरनाथपुर–२ जानकीटोलमा चेकजाँच गर्ने क्रममा बीआर २२ एक्स २७३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट चरेस बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाले जानकारी दिए ।उनीहरुको साथबाट दुई थान मोबाइल सेट, भारु १ सय, नेरु १३५ रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News