अपडेट 
२०७८ आश्विन १९, मंगलवार ०७:१२

दुईदिन पहिले गान्धीको जन्म जयन्ती थियो । २ अक्टूबर १८६९को दिन हालको गुजरात राज्यमा पोरबन्दरमा उनको एउटा बनियाँ परिवारमा उनको जन्म भएको थियो । ३० जनबरी १९४७को दिन हिन्दू संकीर्णतावादी नाथूराम गोडसेले धार्मिक सहिष्णुतावादी विचारको कारणउनको हत्या गरिदिए । हुन त आफ्ना भनाईहरुमा गान्धीले आफूलाई धर्मनिरपेक्ष भनेका छन्, तर उनि धार्मिक सहिष्णुताको पक्षधर देखिन्छन् । एकठाउँमा उनले भनेका छन् —‘हो, म धार्मिक हुँ र धर्मनिरपेक्षपनि । मलाई मेरो सनातन धर्ममा अगाध आस्था छ । कसैले मेरो आस्थामाथी आक्रमण गर्छ भने म आफ्नो धर्मको रक्षा गर्दै आफ्नो ज्यानपनि दिन्छु । तर मेरो छिमेकमा कुनै अन्य धर्मको पालन गरिरहेको परिवारको आस्थामा कसैले आक्रमण गर्छ भने म उसको रक्षा गर्दैपनि आफ्नो ज्यान दिनसक्छु ।’ गोडसे र ऊ सम्बद्ध संकीर्ण हिन्दुवादी संस्थाहरुलेगान्धीको धार्मिक सहिष्णुतालाई मनपराउँदैनथे । गान्धी शताब्दियौँदेखी बस्दै आएका तथा अँग्रेजी उपनिवेशविरुद्धको संघर्षमा संगै लडेका मुसलमानहरुलाईपनि भारतीयताको परिभाषाभित्र हेर्दथे भने संकीर्ण हिन्दुवादीहरु गान्धीको यस धारणालाई घृणा गर्थे । यसैकारण उनको हत्यापनि भयो । प्रत्यक्षमा गान्धीको हत्यारा गोडसेसंग कुनै संगठनले आफ्नो सम्बन्ध स्वीकारेन, तर ऐतिहासिक तथ्यहरुमा उनलाई हिन्दु महासभाको सदस्य भनिएको छ ।योपनि खुला रहस्य हो कि गान्धी हत्याको पछाडी आरएसएस तथा हिन्दु महासभाले फैलाएको संकीर्ण धार्मिकता तथा साम्प्रदायिक घृणाको मूख्य थियो ।

गान्धीको हत्यापछि आरएसएसमाथी तत्कालीन सरकारले प्रतिबन्ध लगायो । यसबारे तत्कालीन गृहमन्त्री सरदार बल्लभभाई पटेलले आर एसएसका तत्कालीन प्रमुख एमएस गोलवलकरलाई पठाएको पत्रमा प्रष्ट लेखेका थिए —‘यति कठोरता, न व्यक्तित्वको, न सभ्यता र विशिष्टताकै ख्याल गरियो, यसले जनतामा एकखालको आक्रोश उत्पन्न गराई दिएको थियो । यिनीहरुको सबै वक्तव्यहरु साम्प्रदायिक विषले भरिएका थिए । हिन्दुहरुमा उत्तेजना भर्न र उनिहरुको रक्षा गर्नको निम्ती यो (साम्प्रदायिक) विष फैलाउनु आवश्यक थिएन । त्यस विषको परिणाम अन्तमा यो भयो कि देशले गान्धीजीको अमूल्य जीवनको कुर्बानी भोग्नु प¥यो, तथा सरकार र जनताको अलिकतिपनि सहानुभूतिआरएसएससंग रहेन, बरु त्यसको विरोधी भयो । उनको (गान्धीको) मृत्यूमा आरएसएस समर्थकहरुले जसरी हर्षबढाईँ गरे र मिठाई बाँडे, त्यसले यो विरोध झन् बढ्यो र यस्तोमा सरकारले आरएसएसको विरुद्ध कार्वाही गर्न आवश्यकहुनगयो ।’ हुन त गोलवलकरलाई पत्र लेख्नुभन्दा पहिले नै सरदार पटेलले हिन्दू महासभाको एउटा प्रमुख नेता श्यामाप्रसाद मुखर्जीलाई लेखेको पत्रमा गान्धीको हत्यामा हिन्दू महासभासंगै आरएसएसलाई जिम्मेवार भनेका छन् । गान्धीको हत्यापछि भारत मात्रै होइन विश्वभरीमा संकीर्ण धार्मिकता तथा साम्प्रदायिकता विरुद्ध चरम घृणा तथा आक्रोश अभिव्यक्त भएको थियो । वैचारिकरुपमा गान्धीसंग विमति राख्नेहरुले समेतले पीडा र दुःख अनुभूत गरेका थिए । गान्धीको हत्या, साँस्कृतिक राष्ट्रवादको चेतना कति हदसम्म अमानवीय हुनसक्छ त्यसको चरम अभिव्यक्ति थियो । त्यतिबेलाको खुफिया रिपोर्टहरुका अनुसार गान्धीको हत्या धार्मिक उत्तेजना मात्र थिएन, बरु यो वैचारिक र योजनाबद्धपनि थियो । भारतीय प्रहरी रिपोर्टका अनुसार ८ दिसम्बर १९४७को दिन दिल्लीमा आयोजित एउटा आमसभालाई सम्बोधित गर्दै तत्कालीन आरएसएस प्रमुख गोलवलकरले नेहरु सरकार होस वा अरु सरकार हाम्रो बाटोमा आउने जो कोहीलाई पनि सखाप पारिन्छ, भनेर भनेका थिए । यसरी नै, देशमा मुसलमानहरुको बारेमा हिन्दूहरुलाई भ्रमित गर्ने अनुमति गान्धीलाईपनि दिइने छैन भन्ने धारणा गोलवलकरले कडाईपूर्वक राखेका थिए ।

गोलवलकरका शब्दहरु थिए —‘वी ह्याभ द मीन्स ह्वेयरबाई (आवर) अपोनेन्ट्स कुड बी इमिडिएटली साइलेन्स्ड’ । (हामीसंग यस्ता साधनहरु उपलब्ध छन्, जसबाट हाम्रा विरोधीहरुलाई तत्कालै चुप गर्न सकिन्छ ।’ र यस्को छ हप्तापछि गान्धीको हत्या भयो । आरएसएस प्रतिबन्धित भएपछि उसले राजनीतिक गतिविधिको निम्ती जनसंघ नामक पार्टीको गठन ग¥यो । भारतमा राष्ट्रपिताको रुपमा स्थापित गान्धी विश्वभरी अहिंसात्मक राजनैतिक संघर्षका प्रमुख वैचारिक आइकनको रुपमा परिचित छन् । एउटा सन्त राजनेताको छविको कारण उनका समर्थकहरु विश्वभरी राजनैतिक र सामाजिक संगठनको रुपमा देखिन्छन् । अँग्रेज उपनिवेशविरुद्धको स्वतन्त्रता आन्दोलनमा व्याप्त आधुनिक चेतनाहरुको कारण भारतमा संकीर्ण धार्मिकता जस्ता विचारहरु प्रतिक्रियावादी र फासीवादी विचार मानिन्थ्यो । अर्कोतर्फ भारतबाट विभाजित पाकिस्तानमा स्थापित इस्लामिक शासनपद्धति राजनैतिक समीक्षकहरुको निम्ती फासीवादी शासन थियो । हुन त गान्धीको वैचारिक विरोधमा समाजवादी र साम्यवादीहरुपनि थिए, जस्ले गान्धीको विचारहरुलाई मध्यवर्गीय र ढुलमुल विचार मान्दथे । विशेष गरेर श्रमजीविवर्ग प्रति उनको उदासीनता तथा दलित र उत्पीडित समुदायप्रतिको उनका मौन राजनैतिक प्रवृत्तिका कटु आलोचकहरुमा साम्यवादी र समाजवादीहरु थिए । यस्का प्रमुख नामहरुमा बि. आर. अम्वेदकर र राममनोहर लोहियाको नाम लिन सकिन्छ । भारतीय स्वतन्त्रतामा गान्धीको वैचारिक भूमिकाले देशमा कति सकारात्मक र कति नकारात्मकता थप्यो यो फरक विषय थियो । तरपनि गान्धीको लोकप्रियताले भारतीय स्वतन्त्रता आन्दोलनमा बहुसंख्यक जनसमुदायलाई प्रभावित ग¥यो यसप्रति प्रायः सबै एकमत थिए । गान्धीजयन्ती भारत मात्रै होइन, उनलाई कुनै न कुनै रुपमा विश्वभरी नै स्मरण गरिन्छ ।

तर गान्धी हत्याको ७४वर्षपछि भने भारतीय र ा ज न ी ित म ा नजारा भने उल्टो छ । त्यतिबेलाको आरएसएस त अहिले प ्र ित ब िन् ध त छैन । यसको र ा ज न ी ित क शाखा जनसंघ अहिले भारतीय जनता पार्टीको रुपमा विकसित भ इ स क े क ा े छ । यसले भार तमा दुई कार्यकालदेखी स त्त ा सम्हाली रहेको छ । र, विगत आठवर्षदेखी यस पार्टीबाट िन र्व ा िच त प ्र ध ा न म न् त्र ी गान्धी जयन्तीमा र ा ज घ ा ट म ा गान्धीको प्रतिमामा फूलमाला चढाउने गर्छन् । विचित्रको बिम्ब छ, जुन पार्टीको वैचारिक पूर्वजहरुले गान्धीको हत्या गरे त्यसैले गान्धीमा फूलमाला अर्पण गरिरहेको छ । हुन त यो छिमेकी देशको प्रसङ्ग भएकोले हामीलाई के मतलब ? भनेर पन्छ् याउनपनि सकिन्छ । तर प्रवत्तिगत् रुपमा गान्धी र गोडसे दुबैविश्वप्रवृत्तिको रुपमा विकसित भइसकेका छन् । केही वर्ष पहिलासम्म सामुदायिक सहअस्तित्व र सहिष्णुताका विचारहरु सामाजिक एकताका आधारहरु थिए, भने अहिले समाज खण्डित देखिन थालेको छ । यो भारतमा मात्र होइन, समग्र दक्षिण एसियामा प्रतिबिम्बित हुँदैछ । कुनै बेला धार्मिक संकीर्णता जस्ता साँस्कृतिक राष्ट्रवादका विचारहरु त्याज्य थिए भने अहिले संकीर्ण धार्मिकताका पक्षधरहरु खुलेआम बहसमा आक्रामक देखिन थालेका छन् । यतिमात्र कहाँ हो र, अब त धार्मिक आधारमा राजनीतिक पार्टीहरुपनि गठन हुन्छन् र उनिहरुले सरकारपनि चलाएका छन् । यसको प्रतिकूलता के छ भने सामाजिक आधारमा सहअस्तित्व विखण्डित हुँदैछ र विविध आवरणमा समुदाय र जातिहरु एक आपसमा कटुतापूर्ण स्थितिमा देखिएका छन् । अचानक मानवीय र बसुधैव कुटुम्बकम्का तर्कहरु कमजोर हुँदैगएका छन्, र सबैलाई आफ्नो अस्तित्व खतरामा देखिनथालेको छ । अचानक अल्पसंख्यकतामाथी बहुसंख्यकताको परिचय थोपरिन थालेको छ र यस्तो लाग्छ मानौ बहुसांख्यिकता मात्र शासनको निम्ती योग्य छ, शक्तिशाली छ ।

समग्रमा बहुसंख्यक जाति र परम्पराहरुमात्र योग्य छन् र श्रेष्ठ छन्, उनिहरुको इतिहासमात्र गर्वयोग्य छ भन्ने भाष्य स्थापित गर्न खोजिँदैछ । यो साँस्कृतिक श्रेष्ठताको भाव कुनै एउटाको मात्र छ भन्ने छैन । जुन साँस्कृतिकता जहाँ बलियो छ, त्यहाँ उसले आफूमात्र श्रेष्ठ र गर्वयोग्य, र अरु हीन भएको दावी गर्दैछ । इतिहासमा भएका गलत–सही वर्चस्वको निम्ती संघर्षहरुको हिसाब ऊ अहिले वर्तमानमा गर्न खोज्दैछ । उसले अहिलेको समाज कुनै एकल साँस्कृतिकता होइन, बरु ऐतिहासिकरुपमा सामाजिक अन्तर्विरोध र अन्तर्घुलन अर्थात सहअस्त्विबाट विकसित भएको हो भन्ने सामाजिक सत्यलाई उपेक्षा गर्न चाहन्छ । फ्रान्सीसी क्रान्ति तथा त् य स प िछ क ा संसारभरी चलेका राजनैतिक स्वतन्त्रता आन्दोलन, विद्रोह तथा साम्राज्यवाद र उपनिवेशवादविरोधी मुक्तिसंघर्षहरुबाट जन्मेको विश्वबन्धुत्व, वर्गचेतना, धर्मनिरपेक्षता र जनवाद आधुनिक विश्वका यस्तै अग्रगामी र सहिष्णु विचारहरु हुन् । दोस्रो विश्वयुद्ध र यसपछिका उपनिवेशवाद विरोधी जनसंघर्षहरुले साँस्कृतिक राष्ट्रवादलाई पराजित गरेर जाति, धर्म र सँस्कृतिभन्दामाथी देशको सम्पूर्ण जनताको प्रतिनिधि शासनको परिकल्पना ग¥यो । जर्मनीमा हिटलरको पराजय यस्तै साँस्कृतिक राष्ट्रवादको पराजय थियो । तर वर्तमान विश्वको जनविरोधी शासकहरुको सत्तास्वार्थको कारण ती पराजित तत्वहरु फेरी फर्किएका छन् । प्रश्न भारतमा सत्तामा स्थापित संकीर्ण हिन्दुवादी भाजपाको होइन, अहिले आफूलाई समाजवादी र साम्यवादी भन्ने सत्तामा सामेल शासनहरुमा समेत संकीर्ण धार्मिकता शिर्षमा देखिन थालेको छ । विगतमा राजनीति जनपक्षीय भर्सेज जनविरोधी, धनी भर्सेज गरिब, पूँजीपति भर्सेज श्रमिकबीचको संघर्षको रुपमा व्याख्या गरिन्थ्यो । अहिले यो जाति भर्सेज जाति, एक धर्म भर्सेज अर्को धर्म, बहुसंख्यक संस्कृति भर्सेज अल्पसंख्यक संस्कृति, अल्पसंख्यक भर्सेज अल्पसंख्यकको स्थितिमा प्रस्तुत गरिन्छ ।

आवश्यकताउत्पीडित वर्ग र उत्पीडित समुदायहरु एकजुट भएर उत्पीडक वर्गविरुद्ध संघर्ष गर्नुपर्ने थियो । तर यसलाई धर्म र सँस्कृतिको अफिम नै भन्नु पर्छ कि जतिसुकै शोषण गरेपनि मिल्ने जातिका शोषकवर्ग आफन्त नै देखिन्छ । यथार्थ के हो भने जुनसुकै जाति र सँस्कृतिका भएपनि शोषकहरु एक आपसमा मिलेकै हुन्छन् । एउटा उल्लेखनीय तथ्य के हो भने विगत दुई दिनमा ट्वीटरमा एकातिर गान्धी ट्रेन्ड गरिरहेका थिए भने यसको समानान्तर गोडसेपनि ट्रेन्ड गरिरहेको थियो । यसले राजनीतिमात्र होइन, समाजमापनि संकीर्ण साँस्कृतिकता तथा फासीवादी चेतना कति गहिरिँदैछ भन्ने संकेत दिन्छ । यस्ले सामाजिक अग्रगामी चेतनाको संघर्ष कति जटिल छ भन्ने देखाउँछ । सामाजिक विघटनको यस प्रक्रियाको पछाडी व्यापार र राजनीतिसंग धर्म र साँस्कृतिक परम्परा मिसाएर विकृत आधुनिक सँस्कृतिको खिचडी प्रस्तुत गर्ने अहिलेको नवसाम्राज्यवादी संस्कृति हो । तर यसको ऐतिहासिक स्रोत राजनीतिक शक्तिहरुले सामाजिक र राजनीतिक अन्तर्विरोधहरुलाई ठीकसंग व्यवस्थित गर्न नसक्नु र सत्ता स्वार्थको निम्ती जनप्रतिनिधिहरुले जनपक्षीय नीतिहरुलाई उपेक्षा गर्नुपनि हो । हुन त गान्धी व्यक्तिगतरुपमा एउटा आदर्शवादी नै हुन् । तर राजनैतिक प्रवृत्तिको रुपमा उनका अस्पष्ट धारणाहरुपनि यसका निम्ती दोषी छन् । धर्मनिरपेक्षता भनेपनि उनले व्यावहारिकरुपमा शासनलाई धर्मबाट निरपेक्ष राख्नसकेनन् । त्यसरी नै अस्पृश्यताको कुरा गरेपनि दलित लगायतलाई राजनैतिक समावेशिताको प्रश्नमा उनले अनुदारवादी पक्षलाई नै सधाए । उनिप्रति अम्बेदकरको कटु आक्रोश यसैको परिणाम थियो । त्यसरी नै गान्धी श्रमिकवर्गलाई स्वतन्त्रताको आन्दोलनमा समावेश गरेपनि उनिहरुलाई राजनैतिक नेतृत्व दिनुको विपक्षमा रहेका अनेकौँ साक्ष्यहरु छन् । उनको हत्यापछि उनका अस्पष्ट विचार हरुले उनका राजनैतिक उत्तराधिकारीहरु बीच प्रवृत्तिगत् अन्तर्विरोध उत्पन्न हुनु स्वाभाविक नै थियो । गान्धीको पार्टी कँग्रेसभित्र नै राजेन्द्र प्रसाद तथा डा. राधाकृष्णनलगायतको एउटा हिन्दुवादी गुट थियो भने अर्कोतिर नेहरुलगायतको बुर्जूआ समाजवादीहरुको गुट थियो ।

यी दुईगुटको अन्तर्विरोध तथा सत्ता बचाउने प्रतिस्पर्धामा कुनैबेला धर्मनिरपेक्ष तथा कुनैबेला जातिय तुष्टिकरणले नै धार्मिक संकीर्णतावादीहरुलाई उदाउने मौका दिएको थियो । अहिले हाम्रो देशमा पनि समाजभित्र यसखालका साँस्कृतिक संकीर्णताहरु देखिनथालेका छन् । खतरनाक के छ भने यस साँस्कृतिक संकीर्णतालाई प्रतिगामी मात्र होइन, सत्ता स्वार्थको कारण सत्तामा रहेका सबै राजनीतिक दलहरुले प्रयोग गरिरहेका छन् । यस्तोमा नेपाली समाजको अग्रगामिता तथा प्रगतिशीलताको कारण धर्मनिरेपेक्षता तथा वर्गचेतनाको आधारमा सोच्नुपर्ने आवश्यकता छ । तथापि वैचारिक अस्पष्टताको बावजूद गान्धीको विचारको सामाजिक सहअस्तित्व र सहिष्णुता र निष्ठापूर्ण व्यवहार आजको पुस्ताले सिक्नु पर्छ ।

Comment


Related News

Latest News

Trending News