अपडेट 
२०७८ आश्विन १९, मंगलवार ०७:२१

गौर । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ मा रहेको आधारभूत विद्यालय बाल मन्दिरमा अध्यनरत कक्षा ९ का छात्राहरुलाई सोमबार एक कार्यक्रम विच साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको मुख्यमन्त्री ’बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ को मुख्यमन्त्री कार्यालय जनकपुरधामबाट शैक्षिक सत्र २०७७ मा कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा अध्ययनरत ४६ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम स्वार्थ राय यादवको सभापतित्वमा भएको साइकल वितरण कार्यक्रममा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले छोरीहरुलाई शिक्षामा सरल रुपमा पहुच हुने उदेश्यले संचालन गरिएको मुख्यमन्त्री बेटी पढाउ ,बेटी बचाउ अभियान सराहनीय रहेको बताए । मुख्यमन्त्रीले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि ल्याएको अभियानलाई अगामी दिनमा फराकिलो बनाउदै लाग्नु पर्ने सुझाव दिए । उनले एउटा कक्षामा पढ्ने छात्राहरुलाई साइकल दिदा अरु छात्राहरु दुखित हुने गरेकोले समान रुपमा कक्षा ६ देखि अध्ययन गर्ने छात्राहरुलाई समावेश गर्ने गरि कार्यक्रम संचालन गर्नु पर्ने धारणा राखे । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य एवं गौर नगरपालिकाका उपप्रमुख किरण कुमारी ठाकुरले विद्यालयमा अध्यन गर्ने छोरीहरुको लागि ल्याईएको बेटी पढाउ बेटी बचाउ योजना प्रदेश सरकारको अतिनै लोकप्रिय र सराहनीय कार्य भएको बताइन् ।

छोरा सरह छोरीले विद्यालयमा सहभागिता जनाउनु पर्ने मुख्य लक्ष्य अभियानको रहेकोले साइकल पाउने छात्राहरुलाई नियमित रुपमा विद्यालय आउन आग्रह गरिन् । गौर नगरपालिकाका शिक्षा संयोजक गणेश गिरिले संचालन गरेको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नरेश प्रसाद यादवले विद्यालयका शैक्षिक अवस्था ,पूर्वाधारको अवस्था , चुनौतीको बारेमा प्रस्ट परेका थिए भने विद्यालयमा अध्यन गर्ने छात्राहरुले सचेतना मुलक नृत्य प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News