अपडेट 
२०७८ आश्विन १९, मंगलवार ०७:३५

जनकपुरधाम । शैक्षिक स्तर सुधार्नको लागि स्थानीय तहको शैक्षिक तथा अन्य सान्दर्भिक मुद्दाहरुमा विद्यालयहरुको संलग्नताबारे धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ मा सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रमका सहभागीहरुले स्थानीय तहको एकल प्रयासले शैक्षिक क्षेत्रमा गुणस्तरीय सुधार सम्भव नरहेको बताए । तीन तहको सरकार गठन भइसकेको अवस्थामा स्थानीय तहलाई विद्यालयको जिम्मा लगाएपनि शिक्षक सरुवा लगायतको महत्वपूर्ण कार्य अभैm पनि संघीय सरकार मातहतका कार्यालयले गर्दै आएको टिप्पणी सहभागीहरुले गरे । शिक्षकको सेवा सुविधा स्थानीय तहले उपलब्ध गराएपनि सरुवा लगायतको व्यवस्थान कार्य संघीय सरकार मातहतको कार्यालयले गर्दै आएकोले शैक्षिक क्षेत्र सुधारमा समन्वय हुन नसकेको जिकिर उनीहरुले गरे । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष अमरकिशोर सिंहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले शैक्षिक स्तर सुधार्न तीनै तहको सरकार बीच समन्वयको आवश्यक्ता औल्याए । स्थानीय करिब एक दर्जन संघसंस्थाको सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डासमिति सदस्य मो. खुरसेद राइन, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सुष्मा सिंह, विनोद सिंह, विद्यालयका प्रअ रविन्द्र यादव लगायत शिक्षक, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका धनुषा अध्यक्ष कमलेश मण्डल लगायत आयोजक संस्थाका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News