अपडेट 
२०७८ आश्विन १९, मंगलवार १९:११

अन्तराष्ट्रिय शिक्षक दिवसको अवसर पारेर जनकपुरधाममा मंगलबार गुणस्तरीय शिक्षामा शिक्षकको भूमिका बारे विचारगोष्ठी गरिएको छ ।

स्थानीय संघसंस्थाको सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले आयोजना गरेको विचार गोष्ठीमा वक्ताहरुले केही शिक्षकहरुका कारण शिक्षा क्षेत्र बदनाम बनेको बताएकाछन । राराब क्याम्पसका पूर्व सहप्रध्यापक डा. रामसागर पण्डितले शिक्षकहरु इमान्दार नहुँदा शिक्षा क्षेत्रमा समस्या थपिएको जिकिर गरे । शिक्षा सम्मानित पेशा भएपनि केही व्यक्तीहरुको कारण अपमानित खेप्नुपर्ने अवस्था आएको र ईमान्दरीताले काम नगरे समाजले मात्र नभई मृत्यु पश्चात दैवले पनि धिक्कार्ने बताउनुभयो ।

इनसीई नेपाल धनुषाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको विचार गोष्ठीमा उनले सरकारी विद्यालयको स्तर खस्किदै गएकोमा यसको सम्पूर्ण जिम्मेबारी शिक्षक र प्रधानाध्यापक स्वयम् रहेको बताए । प्रअ र शिक्षकहरुलाई आ आफनो विद्यालयमा पठनपाठनको स्तरोन्नती गर्न स्वयम् जिम्मेवार हुनु पर्ने सुझाव उनको थियो । उनले संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले बालविकासको तलब वृद्धि गर्न स्थानीय तहले आलटाल गरेको भन्दै सरकारले लागू गरेको तलब उनीहरुलाई दिनुपर्ने माग गरे । स्थानीय सरकार गठन भएपछि शिक्षकहरुको मनोवल घटेको उनले दावी गरे । शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन सबै निकायको सहयोगको आवश्यक्ता उनले औंल्याए । पाँच वर्षदेखि आन्दोलनरत्त शिक्षकहरुको मागप्रति सरकारले गंभिरता नदेखाएको आरोप लगाउँदै उनले ३१ बुंदे मागमध्ये एउटा पनि पूरा नभएको गुनासो गरे ।

कार्यक्रममा पत्रकार श्याम सुन्दर शशी, संकटमोचन माविका प्रअ बलराम साह, मावि गिद्धा बेलापट्टीका प्रअ पवन मण्डल, शिक्षक आशा यादव लगायतले गुणस्तरीय शिक्षाप्रति आ आप्mनो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News