२०७८ आश्विन २१, बिहीबार ०७:२०

जनकपुरधाम । ६६औं प्रहरी दिवस प्रदेश २ मा पनि मनाइएको छ ।

अस्थायी राजधानी जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा बुधबार एक समारोहका बीच प्रहरी दिवस मनाइएको हो । समारोहका प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतलाई सलामी दिएर प्रहरीले स्वागत गरेका थिए । प्रहरी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाएर अघि बढनुपर्नेमा जोड दिए । प्रदेशको आन्तरिक सुरक्षाको लागि नेपाल प्रहरीसंग समन्वय गर्दै प्रहरीलाई थप सशक्त बनाउन सहयोग गर्दे आएको मुख्यमन्त्री राउतले थपे । सो अवसरमा संघीय प्रहरी इकाई कार्यालय जनकपुरधामले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षामा खटिएका नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्दै जनतालाई सुरक्षाको प्रत्याभुति हुने गरी अगाडी बढ्नको लागि आग्रह गरे । कर्तव्य पालनाको क्रममा शहादत प्राप्त गरेका नेपाल प्रहरीका अधिकृत एवम् जवानहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री राउतले प्रहरी संगठनलाई थप सशक्त बनाउन प्रदेश सरकार तत्पर रहेको बताए ।

प्रहरी नायव महानिरीक्षकडीआइजी) उमेश रंजितकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा संचार मंत्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कुमारी कर्ण लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शहिद प्रहरी परिवार, सहयोगी संघसंस्था एवं विभिन्न तरिकाले सहयोग पुर् याएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

 

Comment


Related News

Latest News

Trending News