अपडेट 
२०७८ आश्विन २१, बिहीबार ०७:२६

वन्दे वांछितलाभाय चन्द्रार्धकृतशेखराम् । वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम् ।।

वडा दशैंमा दुर्गा भवानीको पहिलो पुजा माता शैलपुत्रीको रुपमा हुन्छ ।दूर्गा पुजालाई नवरात्रीपनि भनिन्छ ।दूर्गा भवानीको नौ स्वरुपको नौ दिन पुजा हुने क्रममा पहिलो दिन शैलपुत्रीको पुजा गरिन्छ ।वडा दशैंमा पहिलो दूर्गा शैलपुत्रीलाई मानिएको छ ।पर्वतराज हिमालय को घरमा पुत्रीको रूपमा उत्पन्न भएको कारण ’शैलपुत्री’ नाम राखिएको धर्मशास्त्रहरुमा उल्लेख छ । नवरात्री पुजामा पहिलो दिन शैलपुत्रीको पूजा , उपासना गरिन्छ । प्रथम दिन को उपासनामा योगी आफ्नो मनलाई ’मूलाधार’ चक्रमा केन्द्रित गर्छन् । यहाँबाट नै योग साधना प्रारंभ हुन्छ । वृषभ स्थित माता शैलपुत्रीको दाहिने हाथमा त्रिशूल बायाँ हातमा कमल–पुष्प सुशोभित छ । आफ्नो पूर्व जन्ममा शैलपुत्री प्रजापति दक्षको कन्याको रूपमा प्रकट भएकी थिईन् । त्यती बेला उनको नाम सती थियो । माता शैलपुत्रीको बिबाह भगवान शंकरसित भएको थियो । एक पटक प्रजापति दक्षले एउटा विशाल यज्ञ गरेका थिए ।त्यस महायज्ञमा उनले सबै देउताहरुलाई आ–आफ्नो यज्ञ भाग प्राप्त गर्न आमन्त्रित गरे ।तर उनले भगवान शिवलाई त्यो विशाल महायज्ञमा आमन्त्रित गरेनन् ।सतीले पिता प्रजापतिले विशाल महायज्ञ गरिरहेको खवर थाहा पाएपछि उनलाई पनि त्यसमा सहभागि हुन कौतुहलता भयो ।आफ्नो पिताले गर्न लागेको महायज्ञमा सहभागि हुन उनको तिव्र ईच्छा भयो । माता सतीले आफ्नो पिताले आयोजन गर्न लागेको विशाल यज्ञमा सहभागि हुने आफ्नो ईच्छा भगवान शंकर समक्ष राखिन् ।सतीको ईच्छा बुझेपछि भगवान शिवले आफ्लाई निम्तो नदिने कारण खोतल्ने प्रयास गरे ।

उनले कुनै कारण प्रजापति आफूहरुसित असन्तुष्ट रहेकाले हामीलाई आमन्त्रण नगरेको हुन सक्ने माता सतीलाई जानकारी गराईन् । उहाँले भन्नुभयो, प्रजापतिले सबै देउताहरुलाई आमन्त्रित गरी उनीहरुलाई भागपनि समर्पित गरेका छन् ।तर हामीलाई उहाँले जानेर नै नबुलाएका हुन् ।’सबै देउताहरुलाई आमन्त्रण गरी भाग दिएका प्रजापतिले हामीलाई सुचना समेत दिएका छैनन् ।यस्तो अवस्थामा तिमीलाई त्यहाँ जानु श्रेयस्कर होईन् । आफ्नै पिताले नबोलाएको स्थानमा जानु कुनै दृष्टिकोणले उपयुक्त नभएको भगवान शिवले माता सतीलाई भने । भगवान शंकरको यो उपदेशले माता सतीलाई प्रभावित गर्न सकेन् । माईतीप्रतिको अपनत्वलाई उनले क मगर्न सकेन् । पिताले आयोजन ागर्न लागेको महायज्ञ हेर्ने, आमा र बहिनीसित भेंटने उनको कौतुहलतालाई भगवान शंकरको वचनले शान्त गर्न सकेन् ।सतीको आग्रह र माईतीप्रतिको प्रेमलाई हेरेर भगवान शंकर प्रभावित भए । सतीको भावनालाई दृष्टिगत गरी भगवान शिवले उनलाई प्रजापतिको महायज्ञमा सहभागि हुने अनुमति दिए । सती पिताको घर पुग्दा उनलाई अनौठो र खल्लो महसुस हुन थाल्यो ।उनी त्यहाँ पुग्दा कसैले उनलाई आदर र प्रेमपूर्ण सम्मान दिएन् ।कसैले पनि वास्ता गरेको उनलाई लागेन् । कसैले उनीसित प्रेमपूर्ण बातचित समेत गर्न चाहिरहेका थिएनन् ।उनलाई हेरेपछि मुख फेर्ने गरेका थिए ।यद्यपी उनकी आमाले स्नेहपूर्ण ढंगले उनलाई अंगालो हालिन् ।तर बहिनीहरुले उनको उपहासगर्दै व्यंग गरिरहेका थिए । परिजनको व्यवहारबाट सतीलाई अत्यन्त हिनताबोध भयो ।उनको मनमा ठूलो अघात प¥यो ।चतुर्दिक भगवान शंकरजीप्रति त्यहाँ तिरस्कारको भाव उनले देखिन् ।

आफ्नै पिताले पनि भगवान शंकरप्रति अपमानजनक शब्दको प्रयोग गरेको उनलाई साह्रै चित बुझेन् । यी सबै अपमानजनक व्यवहार हेरेपछि उनको मनमा ग्लानी, पश्चाताप र क्रोध जागृत भयो ।उनलाई पश्चाताप हुन थाल्यो ।भगवान भोलेनाथको उपदेश नमानी यहाँ आउनु ठूलो भूल गरेको सतीलाई महसुस हुन थाल्यो ।उनलाई लाग्यो मैले ठूलो गल्ती गरे । उनले आफ्नो पति भगवान शिवशंकरको अपमानलाई सहन गर्न सकिनन् ।उनले आफ्नो त्यो रुपलाई योगाग्निद्वारा तत्क्षण नै जलाएर भष्म गरिन् ।सतीको भष्मको खवरले भगवान शंकर अत्यन्त क्रोधित भए ।उनले तत्काल नै आफ्ना गणहरुलाई प्रजापतिको यज्ञ स्थलमा पठाएर विध्वंस मच्चाए ।यज्ञ पूर्ण रुपमा ध्वस्त भयो । सतीले योगाग्निद्वारा आफ्नो शरीरलाई भस्म गराई अगामी जन्ममा शैलराज हिमालयको पुत्रीको रूपमा जन्म लिईन् ।यस पटक उनी ’शैलपुत्री’ नामले विख्यात हुईन । पार्वती, हैमवती पनि उनकै नाम हो । उपनिषदको एउटा कथा अनुसार शैलपुत्रीले नै हैमवती स्वरूपले देवताको गर्व–भंजन गरिन् ।

Comment


Related News

Latest News

Trending News