यसवर्ष बिजयादशमी बिहिवारदेखि शुरु हुँदैछ । सनातन संस्कृतिका अनुयायीहरुले घटस्थापना गर्छन् । घटस्थलमा जमराबीयु छरेर विधिवत् दुर्गा–भवानीको पुजन आरम्भ गरी दशैंपर्वको शुभारम्भ हुन्छ, गरिन्छ ! नयांलुगा लगाउने,रमाइलो गर्ने, मीठो परिकारहरु खाने ; खासगरी मासुजन्य परिकार दशैंमा अनिवार्य हुन्छन् । सप्तमीदेखि दशमी तिथिसम्म देवीको नाममा बलिप्रदान गरी मासुको परिकार खाने, देवी दुर्गाको पुजाआजा गर्ने घुमफिर गर्ने आदि कार्यहामि गर्छौं, परम्परादेखि चल्दै आएको यही प्रथा नै हम्रो नेपाली समाजमा प्रचलनमा छ । तर दशैं यसैकालागि हो त’ ! किन हामि दशैं मनाउंछौं ? के छ दशैं मनाउने सही प्रचाीन र मध्यकालीन पद्धतिहरु त्यसलाई हामिले जान्ने प्रयास गर्नुपर्छ । यसमा थेरैथोक संस्कार, संस्कृति र समाज विज्ञानका कुराहरु लुकेका छन् । जे क’रा सम्झेर दशैं मनाउउछौं वास्तविक त्यो रहेन छ यो जान्नुपर्ने आवश्यकता छ । यस लेखका त्यस्ता केही खासैकुराको चर्चा गरिएको छ । प्राचीनकालदेखिको मातृदेवीको उपासना, पुजा गर्ने परम्परा नै वर्तमानको देवी वा दैविक शक्तिको प्रतिक पुजन पद्धति हो ! जो, बदलिदो समय–क्रम अनुसार मातृदेवीको पुजा शक्तिपुजाको रुपमा र शक्तिपुजा देवी र देवीपुजा दुर्गा, भगबती आदिको रुपमा परिवर्तित र विकसित हुंदै गएको छ ! साहित्यिक साक्ष्यहरुबाट यस तथ्यको पुष्टि हुन्छ । शक्तिपुजा आर्यधर्मसंग सम्माहित रहेको थियो, कालान्तरमा सबैमान्यता‘रुद्र’मा सम्माहित भएर आयो । आदि–शक्तिको रुपमा मातृ–देवीको पुजन पद्धति विकसित भयो । यस पछाडि तर्कसिद्ध ग¥यो–‘सृष्टिको उदयको कारण ‘रुद्र’ र ‘शक्ति’ नै हो’ ! तात्कालिक समयमा सो कुरो समाजले स्वीकार्य ग¥यो । वर्तमान समयमा सोही प्राचीन आर्य सभ्यताको केन्द्रिकृत भावनालाई आत्मसाथ गरेर प्रायः हरेक सनातनी सभ्य–असभ्य समाजले विभिन्न रुप र प्रकारले शक्तिको पुजा गर्न थाले । देवी–दुर्गा–भवानीको उपासना,पुजा समाजमा हुनथाल्यो । दशैं मूलतः यसै शक्ति र सौहार्दताकालागि मनाउने गरिएको धार्मिक सांस्कृतिक अनुष्ठानीक पर्व, इच्छा र योग, भोगपूर्ति गर्ने, शोकनाशनी मांगलिक उत्सवधर्मी पर्व समेत बनेका छन् दशैं ! देवी देउतालाई अहिले पुजागर्ने चलन झै प्राचीन संसारमा मातृदेवीको उपासना गर्ने चलन थियो । सिन्धुघाटीको हड़पा सभ्यताबाट प्राप्त साक्ष्य र बैदिक साहित्यहरुबाट सोको पुष्टि हुन्छ । हड़पा सभ्यताका त्यस बखतका प्रमुख नगरहरुको पुरातात्विक उत्खन्नबाट अत्याधिक संख्यामा प्राप्त भएको नारी(महिला)को मृणमूर्तीहरुको अध्ययनबाट यी कुरा सिद्ध भएको हो । प्राप्त नारीको मूर्तीहरु नग्ननाङ्गै) रुपको रहेका र ती मूर्तीहरुको घांटीमा एकप्रकारको हार, कम्मरमा पटुका, टाउकोमा बन्चरो जस्ता आकृतिको अस्त्र प्रदर्शित प्रतिमाहरु रहेका थिए । त्यस्ता मूर्तीहरुको सम्बन्धमा अधिकांश विद्वानहरुले मातृदेवीको प्रतिमा(मूर्ती) हो भनेर ब्याख्या गरी प्रमाणित गरिसकेका छन् । सो कुरोले त्यसबखत मातृदेवीको उपासनाको ठूलो महत्व दिएको थियो । मातृदेवीको उपासना गर्नुपर्ने अत्याधिक लोकप्रीयतामा पर्दै थियो । मानव सभ्यताको विकसित हुने क्षेत्र मानिएका सिन्धुघाटीका अतिरिक्त प्राचीन एशिया–माइनर, मोसोपोटामीया, मिस्र, सिरिया, साइरस, कीट, फिलिस्तीन आदि राष्ट्रहरुबाट समेत मूर्तीहरु प्राप्त भएको हो ।
मातृदेवीको वर्णन
वैदिककालीन भारतवर्षमा मातृदेवी मातापृथ्वीलाई–‘अदिति’को नामबाट प्रसिद्धी थियो । सैन्धवकालिन सभ्यतामा समेत मातृदेवीको उपासना पद्धति थियो । त्यसकारण मातृदेवीको विभिन्न रुप–रङ्गमा वर्णन गरिएको विवरण शास्त्रहरुमा पाइन्छ । त्यसकालमा पाइएका नारीका केही मूर्तीहरुको वर्णनबाट आजको विजयादशमीमा बोकाबली प्रदान गर्ने, उत्सव मनाउने, प्रकृतिको रक्षात्मक भार–वहन गर्नुपर्ने, पशुपंक्षीहरुप्रति दया– भाव राख्नु पर्ने समेतको वर्णन चित्ररुपी शब्दमा भएको पाइन्छ । नारीको मातृत्व बोधक चित्रणका मूर्तीहरु, सांस्कृतिक परम्परा निर्वाहक, उत्पादन बुद्धिकारक, वानस्पतिजगत र सृष्टिका अविष्कारक युक्त चित्रणका मूर्तीहरु फेला परेको हो । ‘शीशुलाई स्तनपान गराई रहेको चित्रनका मूर्ती छन् । सैन्धवकालिन सो मूर्तीले प्रमाणित भएको हो–‘जननीको दैविकीकरण हुन् । मातृदेवी मानव लोक कल्याणकारक हो । मानवको पोषिका, पालिका गर्ने मातृदेवी नै हुन् । त्यसकारण जननी मानिएको हो’ भन्ने भेद खुलाइएको छ । अन्य समकालिन सभ्यताहरु संगको मूर्तीहरुसंग तुलना गर्दा सैन्धवकालिन मातृदेवीको मूर्तीहरु सम्पूर्ण रुपमा वनस्पति जगतकोपनि देवी हुन् भने ठहर गरिएका छन् । त्यस कालखण्डमा भेटिएका मूर्तीहरुमा एउटा मूर्तीको चित्रणमा–‘एउटी नारीको गर्भबाट एउटा रुख निस्की रहेको अवस्था प्रदर्शित भएको छ ।’ सो मूर्ती वानस्पतिक जगतकालागि सृष्टिकारिणी देवीको दैवीकारणको प्रमाणको अनुपम उदाहरणको रुपमा रहको कुरा मानिएको छ । मानवीय जगत एवं वानस्पति जगतका सृष्टिकारणी अधीश्वरी नभएर पाशविक जगतकोपनि देवी थिइन । त्याहांबाट प्राप्त नारीको नाङ्गो चिन्ह अंकित चित्रमा ‘ महिलाको खुट्टामाथि उठेर फराकिलो भएको, उनको उदरबाट एउटा झाड़ निस्किरहेको…! झाड़ निस्कनु भनेको उत्पादनशीलताको प्रतिक दैविक सम्बन्ध ब्यक्त गरेको हो, भने बोध हुन्छ !
विकराल तथा सौम्य देवी
यी तथ्य–कथ्यहरुबाट ज्ञात हुन्छ ईशापूर्वकालको समयमा देवी उपासनाको परम्परा हिमालयदेखि समुद्री सतहीक्षेत्र सम्मको भू–भागमा थियो । यसमा हिमवत्खण्ड नैपाल(नेपाल),विदेह–मिथिला,कामरुपअसम–बङ्गाल) ,कलिंग(उडि़सा), वर्तमान बिहार, झारखण्ड आदिमा प्रमुखतासाथ देवीपुजन पद्धति विकसित थियो । यी कुराहरु ‘प्राचीन धर्म–दर्शन’ नामक साहित्यिक ग्रन्थमा भेटिन्छ । उल्लेखित क्षेत्रहरुमा देवी पुजन पद्धति दुईरुपमा हुन्थियो । एउटा विकराल रुपमा अर्को सौम्य उत्पादनशील देवीको रुपमा । विकराल रुपको उपासना–पुजन बलिद्वारा पूर्ण गरिन्थियो भने उत्पादकताको पुजन आहुतिद्वारा । कृषि प्रकृतिलाई देवी स्वरुप मानेर कृषि–प्रकृतिजन्य वस्तुको रोपन र त्यसको चित्रण गरी पुजा उपासना गरिन्थियो । त्यसको प्रमाण हुन प्राचीन अवशेषहरुको उत्खन्नहरु गर्दा प्राप्त प्राचीन शीलालेख, ढुङ्गाचित्रमा मातृदेवीको चित्रण हुनु ! ढुङ्गाचित्र– मूर्तीहरुमा देवीको प्रतिमानका साथ झाड़–पात, रुख, बोट–बिरुवाको चित्रण संगसंगै हुनु । जीव–जन्तु, चरा–चुरुङ्गीको चित्रण भेटनु ! वर्तमान समयमापनि हामि दुर्गा–भगबत्तीको पुजा–आराधना गर्दा दशैंको शुरुवातमा घटस्थापन गर्दा घैंटोमा जल राखेर बालुवामा जमरा वीयु छरेर घटस्थापन गर्छौं । पशु–पंक्षीको बलि नदिनेहरुले ‘कुष्माण्ड’ एकप्रकारको लौकाको र बेल आदिको बलि दिन्छन् । यो उत्पादनशील मानवीय धरातलीय बस्तु र प्रकृति प्रतिको मोह र रक्षात्मक सन्तुलनका भारकालागि हुने प्रकृया हो भने बोध गराउं छन् । यो सात्विकताकोपनि प्रतिक र बोधक हो । जस्तै दैवीकशक्ति र देवीलाई खुशी पार्नका निमित्त नैतिकता विपरितको प्रकृयापनि हामि जीवहत्या– बलि प्रथाको कार्य गर्ने–गराउने गर्छौं । बस्तुतः अर्धआस्थाका आधारमा नै यो कार्य मानवद्वारा हुन्छ, भने बुझिनु पर्छ । त्यसकारण वर्तमानमापनि देवी–शक्तिको पुजन परम्पराको विधान बलिप्रदान गरेर समापन गर्ने परम्परा हाम्रो नेपाली–मिथिला समाजमा समेत कायम छ । देवीलाई प्रसन्न पार्ने नाममा कोही बोका, कोही राँगा, कोही ढुकुर–परेवा, कोही हाँस–बत्तक, कोही सुँगुर–बदेल, कोही कुष्माण्ड–कुम्हरको बलि दिएर सन्तुष्ट हुन्छन् । यी पशुबलि प्रथा निर्वहन गर्दा जानीनजानी हिंसात्मक परम्परा दिनानुदिन बढाउनमा मानव सहयोगी बन्दै गएका छन् । त्यसको वीयु हाम्रा सनातन साहित्यहरुमै अंकुरण भएको पाइन्छ । वर्तमान समयका सम्झदार मानिसहरु यसको बिरोध गरेपनि खासै असरकारी प्रभाव समाजिक स्तरमा नपरिरहेको अवस्था विद्यमान छ । शास्त्रका अनुबन्धित बलिप्रथाका कुरालाई आधार बनाएर अहिले २१औं शताब्दिका समाजपनि ती विकृतप्रथालाई अझै विकसित गरेर लग्दै गइरहेका छन् । नेपाल त्यसको ठूलो उदाहरण हो । जहां आस्थाका नाममा सार्वाधिक पशुबध हुन्छ । ठूलो बिडम्बना योपनि हो । ईशापूर्व १५००–१००० वर्ष पूर्वको वैदिकयुगमा दैवीकशक्ति पुजालाई नयाँरुप धारण गराउने क्रिया ग¥यो । त्यस बखतका पहिलो ग्रन्थ–वेद‘ऋग्वेद’मा अनेक देवीको नाम आएको छ । ‘उषा’, ‘अदिति’ आदि नाम गरेको देवीको वर्णन प्राथमिकतामा छ । उषालाई ‘देवानाम’ माता भनिएको छ । कतै– कतै स्वर्गकी छोरीपनि भनिएको छ, ऋग्वेदमा ! अदिति तथा ‘दक्ष’ देवलाई संसारभरिको आमा–बाबु मानिएको छ । कतिपय प्रसंगमा दक्षको उत्पति अदितिबाट र अदितिको दक्षबाट भएको भन्ने कुरापनि उल्लेख गरिएकोछ । जे जस्ता प्रसंग होस् तर सो प्रसंगहरुले एउटा गांठै कुरा के बुझ्नु पर्दछ भने सो बेलासम्म शक्तिपुजाको परम्परा भएको थिएन ! मात्र, उपसना गर्ने पद्धतिको विकास हुंदै गएको थियो तर, ब्यापकरुपमा शक्ति उपासना स्थापित भइनसकेको थियो । यद्यपि सोको वीयु रोपन भने अवश्य भएको थियो । वैदिकाकालमा देवी उपासना प्रचलनमा आयो र उत्तरवैदिककालई.पू.१०००–६००)मा अत्याधिक विकसित भयो । द्वापरयुगको महाभारतकाल पछि शक्ति उपासना पुजा पद्धतिको रुपमा विकसित हुन थाल्यो । साथै ‘तन्त्र–मन्त्र’,‘ टूना–मुना’ ‘डाकिन–हाकिन’को प्रचलनपनि समाजमा हुन थाल्यो ।
महाभारतमा देवी पुजन
महाभारतमा ‘अम्बा’, ‘अम्बिका’को चर्चा आएको छ । ‘बाजसनेयी संहिता’मा अम्बालाई ‘रुद्र’को बहिनी हुन भनेका छन् । रुद्र अनादिकालका आराध्य देव शीवको एक नाम हो । संहितामा अम्बिकाको साथमा पुजनमा दिएको भागलाई अम्बाले ग्रहण गर्नुपर्ने भनिएको छ । यसप्रसंगको आधारमा रुद्रकोसाथ अम्बिकाको पुजा गर्ने कार्य हुन्थियो भन्ने कुरा पुष्टि हुन्छ । यो आर्य–अनार्य बीचको एकताकालागि यसो गरेका हुनुपर्छ । आर्य–अनार्य संस्कृतिबीच तारतम्यता स्थापित भएपछि अनार्य संस्कृतिबाट देवी उपासना आर्य संस्कृतिमा समावेसी स्वीकार्य भएपछि आर्यहरुले देवी उपासनालाई देवीपुजाको रुपमा आप्mनो संस्कृतिमा गाभेर शक्ति उपासना देवी–दुर्गा, भगबत्तीको पुजन पद्धतिमा रुपान्त्रित गरी आप्mनो सांस्कृतिक पहिचान बनाउने कार्य गरें । जो बर्तमान समाज सामु हालसम्म सोही रुपमै करीब करीब कायम छ । महाभारतकालका समाज इच्छापूर्तिकालागि दुर्गा–देवीको आराधना र अर्चना गर्दथिए । सोही कालमा दुर्गाको आराधना–‘कुमारी, काली, कराली, कपाली, महाकाली, चण्डी, कत्यायनी, विजया, कौशकी, उमा, कान्तारवासिनी,आदि नामबाट सम्बोधन नारीशक्तिलाई हुन थाल्यो । महाभारतको अध्याय–६को बिराटपर्वमा युधिष्ठिरद्वारा देवीस्तुति गरेको प्रसंग छ । सो स्तुतिमा दुर्गाको महिषासूर मर्दनी एवं सूरा, मासु, एवं पशुलाई अनुरक्त बताइएको छ । भिष्मपर्वमा ‘अर्जुण’ले र बिराटपर्वमा ‘युधिष्ठिर’ले ‘दुर्गास्त्रोत’को प्रयोग गरेंका थिए । यसमापनि देवीको प्रसन्नताका साधन–सामग्रीमा मदिरा, मासु र बलि दिनुपर्ने बताइएको छ ।
‘तैत्तिरीय आरण्यक’
‘तैत्तिरीय आरण्यक’मा ‘रुद्र’लाई ‘ उमापति’ सम्बोधन गरिएको छ । ‘ अम्बिका’संग उनको विवाह भएको प्रसंग उल्लेख छ । ‘उमा’ र ‘अम्बिका’ एउटै वैदिक नारी रहेको र उनका पतिदेव ‘रुद्र’– शीव रहेको बोध हुन्छ । पछिको समयमा दुर्गा, काली, कराली, कत्यायनी, सरस्वती, वेदमाता चण्डसमाताको नामबाट बिख्यात भए, यी सबै शीव पत्नीको रुपमा, विभिन्न दैवीय देवीको रुपमा पुजीत हुन् । विभिन्न रुपका देवीलाई शीवसंग जोड्ने बारे उल्लेख सनातनी महाकाव्यहरुमा बर्णित छ । महाभारत कथा अनुसार शीव पत्नी क्रोधवस विकरालरुप धारण गरीन । पछि विकरालरुपी नारीशक्तिका परिचायक देवीको अर्को नाम ‘महाकाली’ राख्यो । त्यसपछि शीव सोही भयानक कृतिलाई आप्mनो आँखाबाट हेर्नकालागि आप्mना मूँखबाट ‘भद्रकाली’ उत्पन्न गरें । विभिन्न मातृशक्तिलाई समन्वित रुपमा गर्न महान मातृदेवीको रुपमा सबैलाई शीवले सम्माहित गरेंका थिए ।
हरिवंश पुराण
हरिवंश पुराणमा भगवत्ती दुर्गाको जन्म तथा उनको पुजनका विषयमा वर्णन भेटिन्छ । यही पुराणको ३२–३६ र त्यसपछिका श्लोकहरुमापनि सो कुरोको वर्णन छ । ‘शुम्भ’,‘निशुम्भ’को वध गर्ने क्षमताबाली एवं पशुबलीबाट पुजित हुने बाली हुनेछ भनेका छन् । यसै पुराणमा दुर्गालाई (आया) भनेर स्तुति गरिएको छ । दुर्गा–देवीलाई सुरा, मासु, अनुरक्त, शबर, पुलिन्द, बार्बर सहित वन्यजातिहरुको अधिष्ठात्री देवीको रुपमा वर्णन गरिएको छ । हरिवंश पुराणको आधारमापनि मातृदेवी पुजन पद्धति परिवर्तित रुप दुर्गा पुजनोत्सव जनजातिय परम्परागत पुजनोत्सव हो !
मार्कडेय पुराण
‘मार्कण्डेय पुराण’को रचनाकालमा दुर्गालाई प्रचण्ड तेजवान, शक्ति सम्पन्न देवीको रुपमा अधिष्ठित भइसकेका थिइन । मार्कण्डेय पुराणको अध्याय ३२ मा दुर्गालाई ‘महिषसुर मर्दिनी’देवीको रुपमा वर्णन गरिएको छ । साथै शीव, बिष्णु, ब्रह्मदेव एवं विभिन्न देउताहरुको प्रचण्ड तेजोबलबाट उत्पादित देवी भनिएको छ । दुर्गालाई ‘चण्डी’ र ‘अम्बिका’ नामबाटपनि सम्बोधन यस पुराणमा गरिएको छ ।


