अपडेट 
२०७८ आश्विन २१, बिहीबार १७:२९

नेपालमा बिहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ६४ पिसिआर परिक्षणका क्रममा ६ सय ६७ र ३ हजार ४ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ११ हजार २ सय जनाको मृत्यु छ । त्यस्तै थप ९ सय ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७३ हजार १ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् । हाल १५ हजार ९ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News