२०७८ आश्विन २२, शुक्रबार ०७:१२

बारा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशको समस्या समाधान नहुञ्जेलसम्म देशमा अस्थिरता कायमै रहने बताउनुभएको छ ।

बाराको कलैयामा नव गठित लोसपाको जिल्ला समितिको कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुले आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको स्मरण गर्दै अस्थिर राजनीतिलाई स्थिर गरी नयाँ कोर्षमा मुलुक जानुपर्ने आजको आवश्यकता रहेको बताउँनुभयो । अन्तरिम संविधानमा रहेका अधिकारहरू समेत वर्तमान संविधानले कटौती गरेकाले संविधान संशोधनको सवालमा लोसपा अडिग रहेको उनको भनाइ थियो । अध्यक्ष ठाकुरले मधेसी जनतामाथि विभेद कायमै रहेको बताउँदै उनले सो विभेद अन्त्य नभएसम्म आफूहरुको संघर्ष जारी रहने बताउँनुभयो । उहाँले विजय दशमीको अवसरमा शुभकामना समेत दिए ।

लोसपा बारा कार्यालय उद्घाटन कार्यक्रममा लासपाका संसदीय दलका नेता जितेन्द्र सोनल सांसद एक्बाल मिया , एकबाल अहमद, बाराका जिल्ला समन्वय समितीका प्रमुख नवल किसोर सिंह लगायतकाको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News