२०७८ आश्विन २२, शुक्रबार ०७:२२

कलैया । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन हाम्रो बटम लाईन रहेको बताएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा लोसपा जिल्ला कार्यसमितिको कार्यालय उद्घाटन गर्दै पुर्व मन्त्री समेत रहेका ठाकुरले संविधान संशोधन मार्फत नागरिकताको बिषयसहित तराई मधेसका यावत समस्याहरुलाई समाधान गर्न आफुहरु लागि परेको जानकारी दिए । अहिलेपनि बिभिन्न बहानामा राज्यले मधेसीहरुलाई बिभेद गरिरहेको स्मरण गर्दै नेता ठाकुरले मधेसी जनताको अधिकारका लागि अन्तिम धाका दिने तयारीमा लाग्ने उदघोष गरेका थिए । बिभिन्न झुठा मुद्दा लगायत सयौ मधेसीहरुलाई जेलमा राखिरहेको बताउँदै रेशम चौधरी लगायत अन्य कैदीबन्दीहरुलाई बिना सर्त रिहाई गर्न सरकारलाई आग्रह गरे । अध्यक्ष ठाकुरले आफुहरु पाँच दलीय गठबन्धन नरहेको र प्रधानमन्त्री बनाउनका लागि बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्मथन दिएको हुदा नैतिक रुपमा सरकार हामीलाई बोलायो भने देउवा नेतृत्वको सरकामा आफनो पार्टी जाने जानकारी गराए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ सरकारका मुख्य मन्त्री लालबाबु राउत गद्धी भ्रष्टाचारमा लिप्त भईसकेको, मधेसी जनताको भावना अनुसार काम गर्न नसकेकोले यो सरकार असफल भईसकेको सिद्ध हुँदा नैतिकताका आधारमा राजिनामा दिन सुझाव दिए । सुशासन कायम गर्न नसक्नु, बेथितिलाई रोक्न नसक्नु जस्ता कयौ असफल कामहरु राउत सरकारबाट भईरहेको हुदा सरकारमा बसी रहनु जरुरी नरहेको तर्क संसदीय दलका नेता सोनलको रहेको थियो । सो अवसरमा पुर्व मन्त्री एकवाल महम्द साह, केन्द्रीय सदस्यहरु श्याम गुप्ता, डा. कमरुल्लाह अंसारी जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिह, नेताहरु परमहंस केसरी, प्रेमलाल चौधरी, जयप्रकाश साह, बिनोद यादव, ओमप्रकाश चौधरी, अरुण सिह, रमेश सर्राफ, सन्तोष यादव, योगेन्द्र साह, सरफुल्ला अंसारी महिला नेतृ पिंकी यादव, प्रसौनी गाँउपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, देवतालका अधयक्ष चन्दन सिंह लगायतको सहभागिता रहेको यूवा नेता शम्भु गुप्ताले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News