२०७८ आश्विन २२, शुक्रबार १२:४३

शुक्रबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले महँगिन पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार थप २०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज शुक्रबार गत बिहीबारकै मूल्य कायम रहँदै अस्थिर रहेको महासंघले जनाएको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News