२०७८ आश्विन २२, शुक्रबार १३:५१

निजामती विधेयक २०७५ बहुमतले फिर्ता भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो । जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो । विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्‍यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गर्‍यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरे । उनले असोज १९ गते विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News