२०७८ आश्विन २२, शुक्रबार २०:५०

जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा रहेको धनुषा होटलमा आगलगी भएको छ । आगलगीका कारण लाखौंको क्षति भएको हो ।

आज राति करिब ८ बजे आगलगी सुरु भएको थियो । आगलगीको कारण भने खुल्न सकेका छैन । जनकपुरधाम उपमहानगरको दमकल समयमै आइपुगेका कारण आगलगीबाट ठूलो क्षति हुन सकेन ।

आगलगीबाट लाखौं क्षति भएको भनिएपनि यकिन विवरण आउन सकेका छैन । आगलगी नियन्त्रणमा लिन स्थानीय यूवाहरुले भुमिका खेलेका छन् ।

Comment


Related News

Latest News

Trending News