२०७८ आश्विन २३, शनिबार ०७:२६

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारलाई शुक्रवार पूर्णता दिएका छन् ।

२५ सदस्यीय मन्त्रिमण्डलमा २५ प्रतिशत महिला र २८ प्रतिशत जनजाती परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन् । पुनर्गठित मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री सहित १८ जना थपिएपछि सरकारले पूर्णता पाएको छ ।नवनियुक्त मन्त्रीहरुले शुक्रवार नै सपथग्रहण गरेका छन् । गठबन्धन सरकारमा नेपाली काँग्रेसका ८ जना मन्त्री र १ जना राज्यमन्त्री , माओवादी केन्द्रका ५ जना मन्त्री र १ जना राज्यमन्त्री, एकिकृत समाजवादी(एस)का ४ जना मन्त्री र १ जना राज्यमन्त्री र जनता समाजवादी पार्टी( जसपा)का ४ जना मन्त्री रहेका छन् । नवनियुक्त १६ जना मन्त्रीलाई राष्ट्रपति भण्डारीले र २ राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाले सपथ गराएका हुन् ।काँग्रेसको कोटामा उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री बनेका गजेन्द्रबहादुर हमाल सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाका जेठान हुन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा थारुबाट १ जना उमाकान्त चौधरी मात्र परेका छन् ।उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ । काँग्रेसबाट १ जना मधेशीलाईपनि मन्त्री बनाइएको छैन् ।त्यसैगरि माओवादी केन्द्रले मधेशीबाट १ जना बोधमाया यादवलाई राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।यादवलाई शिक्षा तथा विज्ञान प्रबिधि मन्त्रालयमा राज्यमन्त्री बनाइएको छ । त्यसैगरि एकीकृत समाजवादी पार्टी( एस)लेपनि मधेशीलाई अवसर दिएको छैन् । एसबाट कुनै मधेशी मन्त्री बनेका छैनन् ।

४ मन्त्री र १ राज्यमन्त्री पाएको माधवकुमार नेपालको एस पार्टीको तर्फबाट मधेशीलाई समावेश गरिएको छैन् । तर जसपाले अत्यन्त सन्तुलन बनाएर १ जना जनजाती र ३ जना मधेशी समेत ४ जना मन्त्री पठाएको छ ।जसपाको मन्त्रीहरुकै कारण देउवा सरकारमा माओवादीले पठाएको १ जना राज्यमन्त्री सहित कुल ४ जना मधेशी मन्त्री बनेका छन् ।यसले देउवा सरकारको मधेशी बिरोधी छविलाई धुमिल हुनबाट जोगाइदिएको छ । नवगठित मन्त्रिपरिषद्मा शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् । त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड् का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सपथ लिएका छन् । यसैगरि महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीको सपथ लिएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दा यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचनाप्रविधि मन्त्री मन्त्रीको जिम्मेवारी दिएका छन् ।त्यसैगरि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठको जिम्मेवारी हेरफेरगरि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी दिएको छ । भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका छन् । मन्त्रिमण्डलमा जसपाबाट मन्त्रि भएका रेणु यादव र राजेन्द्र प्रसाद श्रेष्ठ माथि जसपाले पटक–पटक उठाइ रहेका संघियता, भौतिक पूर्वाधारका कुराहरुलाई मूर्त रुप दिने गहन जिम्मेवारी पनि आइपरेको छ । हुलाकी सडक होस् वा कानून कार्यान्वयनका सवालमा संघिय सरकारबाट हुने गरेको ब्यवधानहरुलाई अन्त गर्ने, समन गर्ने, समन्वय गर्ने जिम्मेवारी पनि जसपाका मन्त्रीहरु समक्ष थपिएको छ । खासगरी प्रादेशिक संरचना अन्तर्गत विगतमा हुने गरेको कानूनी जटिलतालाई पनि समाधान गर्ने दायित्व पनि यी मन्त्रहिरु समक्ष आइपरेको छ ।

Comment


Related News

Latest News

Trending News