२०७८ आश्विन २३, शनिबार ०७:३२

जलेश्वर । महोत्तरी जिल्लाका बालविकास शिक्षक तथा कर्मचारीहरुले वृद्धि भएको तलब लागू गर्नुपर्ने माग गर्दै एकडारा गाउँपालिकाको कार्यालय घेराउ गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको साउन महिनादेखि बृद्धि भएको अनुसार तलब बढाउनु पर्ने माँग गदैँ गापा घेराउ गरेको बालविकास शिक्षक निलम कुमारी यादवले जानकारी दिईन् । नेपाल सरकारले चालु आर्थिक बर्षको बजेटमा बालविकास कर्मचारीहरुको तलब ६ हजारबाट बढाएर ८ हजार गरेको छ भने प्रति कर्मचारी ७ हजारको दरले पालिकाले उपलब्ध गराउनुपर्ने छ । तर तलब बढाउनको निम्ति परिपत्र नगरिएको एकडारा गापाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरले बताए । बालविकास शिक्षक, एकाउण्टेन्ट तथा कार्यालय सहयोगी गरि ३५ जना बालविकास शिक्षक कार्यरत रहेका छन् । गापास्थित १३ विद्यालयमा १९ जना बालविकास शिक्षक, १३ जना कार्यालय सहयोगी तथा ३ जना लेखापाल रहेका छन् । नेपाल सरकारले कर्मचारीहरुको तलब सरदर १५ हजार पुर्याएको थियो । गापाका मेयर नवलकिशोर साहले गाउँसभामै तलब बढाउन पारित गरिसकेकोले अबको काम लेखापल तथा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रहेको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ फर्काएको बताए ।

यता प्रमुख प्रशासकीय अधिकृत ठाकुरले ८ हजार रकम दिँदै आएको र पालिकाबाट बृद्धि हुनु पर्ने तलबको लागि प्रक्रियागत ढिलाई भएको स्विकार गरे । महोत्तरी जिल्लाको पिपरा, सोनमा सहित तीन वटा पालिकाले बालविकास कर्मचारीहरुको तलबमा बृद्धि गरिसकेको छ । आउने महिनादेखि नै तलबमा बृद्धि नभए बालविकास कर्मचारीहरुले पुरानै तलब नलिने चेतावनी दिएका छन् । कर्मचारीहरुको लापरवाहीले गर्दा ढिलाई भएकोले हामी आन्दोलित हुन बाध्य भएको शिक्षक निलम कुमारी यादवले बताईन् ।

Comment


Related News

Latest News

Trending News