२०७८ आश्विन २४, आईतवार ०७:१९

जनकपुरधाम । भोर नामक गैर सरकारी संस्थाले नेपालका एसइई उत्तीर्ण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

शैक्षिक वर्ष २०७७ सालमा एसइई उत्तीर्ण गरेका मुसहर समुदायका २१५ र डोम समुदायका ४ गरि २१९ जना अति दलित विद्यार्थीलाई शनिवार सम्मान गरेको छ । साथै एसइई उत्तीर्ण पश्चात उच्च शिक्षा हासिल गर्न चाहने ती सामुदायका विद्यार्थीलाई भोरको कोषबाट अध्ययनका लागि छात्रवृत्ति समेत दिने जनाएको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गदै अभिनेता नाजिर हुसेनले विद्यार्थीहरुको हौसला बढाएका थिए । कुनैपनि सफलता हासिल गर्न जात, धर्म समस्या नरहेको भन्दै अभिनेता हुसेनले भने,‘ तपाईहरु कहिल्यै पनि आपूm दलित समुदायबाट हो, म यो गर्न सक्दैनौ भनेर नसोच्नुस्, । बरु त्यसलाई प्राप्त गर्न दृढ ईच्छा शक्ति साथका लाग्नुस् ।’ नेपालको चलचित्र क्षेत्रमाआफुले पनि ठुलो संघर्ष पश्चात स्थान पाएको बताउदै अभिनेता हुसेनले भने,‘ मेहनत गर्नुस्, त्यो परिश्रमको फल भगवान÷ अल्लाहले एक दिन अवश्यक दिनेछन् ।’ शिक्षा नै विकासको माध्यम रहेको उनले बताए । संस्थाका अध्यक्ष राजकुमार महतोले भोरले स्थापनाकालदेखि मुसहर र डोम समुदायलाई केन्द्रमा राखि कार्यक्रम गर्दै आएको बताए ।

Comment


Related News