जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपाल लक्ष्मीनियाँ गाउँपालिका वडा नं.–७ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला, पालिका र वडास्तरका नेताहरुको उपस्थितिमा भएको शुभकामना कार्यक्रममा केन्द्रीय सर्कुलर अनुसार सुज अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्यका प्रत्यासी महाजन यादवले संगठन सुदृढिकरण अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए । घर घरमा पुगेर जनतालाई पार्टीसित जोड्न स्थानीय कार्यकर्ताहरुलाई उनले निर्देशन समेत दिए । वडा नं. ७ का अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय सदस्य रामगोविन्द यादवले संगठन विस्तार कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । संगठनप्रति आकर्षण बढ्दै गएको जिकिर गर्दै उनले कार्यकर्ताहरुलाई सक्रिय हुनुपर्ने धारणा राखे । सो अवसरमा पूर्व मन्त्री एवम् प्रदेशसभा सदस्य ज्ञानेन्द्र कुमार यादवले वडा नं. ७ मा संगठन सुदृढिकरण अभियान अन्तर्गत सुज कार्यक्रम संचालन गर्न कार्यकर्ताहरुमा आग्रह गरे ।
प्रदेशसभा सदस्य चमेली देवी दासले दलितहरुलाई समेत पार्टीमा जोड्न अभियान संचालन गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष विन्देश्वर यादव, उपाध्यक्ष इन्द्रकला देवी, जिल्ला सचिव घनश्याम यादव, जिल्ला सदस्य सत्रुध्न यादव, पार्टीका लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष लालबाबु यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


