२०७८ आश्विन २४, आईतवार ०७:५४

जीतपुर । साझेदारी वनहरुको सङ्गठन एकोफनको प्रदेश २ को प्रदेश स्तरीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम बाराको पथलैयामा सम्पन्न भएको छ । भेलाले पदाधिकारी र सल्लाहकार समिति समेत चयन गरेको छ ।

गढिमाई साझेदारी वन पथलैयामा भएको भेलाले पदाधिकारी र सदस्य गरी १६ जना र ६ जना सल्लाहकार समिति चयन गरिएको प्रदेश २ का एकोफनका अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए । भेलामा वन नियमावली २०७८ मा संशोधन गर्नुपर्ने बुँदाहरुको बिषयमा छलफल भएको थियो । नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने देखिएका बुँदाहरुलाई मन्त्रालय पठाउने निर्णय भएको एकोफन प्रदेश समितिले जनाएको छ ।

प्रदेश नं.२ का अध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा एकोफनका संस्थापक अध्यक्ष रामरूप प्रसाद कुर्मीको बिशेष उपस्थिति थियो । भेलामा राधेश्याम शिवाकोटी , राष्ट्रिय महासचिव श्री रामचन्द्र गिरी, भोला भट्टराई , रघुनाथ यादव लगायत प्रदेश २ का साझेदारी वनहरुको अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

 

Comment


Related News