२०७८ आश्विन २४, आईतवार ०८:१७

 

कलैया । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ रामनगर टोलमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैको अवसर पारेर नेपाली काँग्रेस इकाई समितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

सुरेन्द्र जसवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादवले नेपाली काँग्रेस पार्टीलाई एकतावद्ध भई अगाडि बढाउनका लागि माता दुर्गाले सबैलाई सद्बुद्धि प्रदान गरोस् भन्ने कामना गरे । नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति एवम् सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवले विगतका तित्तता हटाई नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि सहमति, सहकार्य र एकतावद्ध भई अगाडी बढनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य उपेन्द्र जैसवाल, रामनरेशकान्त कुसवाहा, जिल्ला सदस्य मोहन कुसवाहा, सिम्रौनगढ नगरपालिका नेपाली काँग्रेसका नगरसभापति नागेन्द्र साह, पुर्व गाबिस अध्यक्षहरु कृष्णदेव जसवाल, प्रेमलाल यादव लगायतका नेताहरुले शुमकामना सटासाट गरेका थिए ।

Comment


Related News