जनकपुरधाम । पिपल प्रोमोट सेन्टर जनकपुरधामको १३औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले मानवीय विकास सूचकांकमा पछि परेको प्रदेश २ मा गैरसरकारी संघसंस्थाहरुले उदाहरणीय कार्य गरेको बताए ।
पिपल प्रोमोट सेन्टरले सरसफाई, शिक्षा, महिला सशक्तीकरण लगायतको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले वर्षभरिको कामकाज पारदर्शी गरेकोमा बधाई ज्ञापन गर्दै यसरी नै अन्य संघसंस्थाले पनि आप्mनो कामकाज पारदर्शी गर्नुपर्ने उनले तर्क गरे ।
पिपल प्रोमोट सेन्टरका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सत्रुधन साह, गैसस महासंघ प्रदेश २ का अध्यक्ष धिरेन्द्र बहादुर सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जयवीर साहले संचालन गरेको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष जगदिश ठाकुरले आर्थिक वर्ष २०७७÷०७८ मा संचालन गरेको परियोजनाहरुको प्रगति विवरण र त्यसमा खर्च भएको बजेट सार्वजनिक गरेका थिए । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष ठाकुरले ती परियोजनाहरु संचालन गर्न एक करोड ९६ लाख १९ हजार बजेट प्राप्त भएको बताए । साधारणसभामा संस्थाका सदस्य र सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।


