२०७८ आश्विन २५, सोमबार ०६:४९

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले पुराना पुस्तामा खिया लागिसकेको भन्दै पार्टीको नेतृत्व युवा वर्गको हातमा दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेकाँको १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व युवाहरुको हातमा जाने विश्वास व्यक्त गर्दै नेता निधिले भने, ‘ नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ अन्यथा पार्टीलाई उर्जावान राख्न सकिन्न । ’ आसन्न महाधिवेशनको मुखमा पुख्र्याैली गाउँ धनुषाको नगराईनमा आईतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता निधिले सभापतिमा समर्थन गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । ‘ सभापतिमा लड्न गईरहेको छु, उनले भने–‘तपाईहरुको सहयोग र समर्थन खोजेको हूँ ।’ धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा चार वटा पालिका र ३८ वटा वडाहरुमा आपसी समझदारी , सौहार्दपुर्ण वातावरण तथा निर्विरोध निर्वाचन सम्पन्न गर्न नेता कार्यकर्ताहरुलाई नेता निधीले आग्रह गरे । ‘१३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन आपूmले गरेको वाचा पुरा गरेको स्मरण गराउँदै १४ औं महाधिवेशनमा आपूmलाई देउवाले सहयोग गर्ने भनेका थिए ।’ विगतमा देउवासंग भएको सहमतिबारे नेता निधिले चर्चा समेत गरे । मैले गरेको त्यागलाई नेकाँका नेताहरुले संज्ञानमा लिनुपर्ने अहिलेका

Comment


Related News

Latest News

Trending News