२०७८ आश्विन २५, सोमबार ०७:३०
महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित ऐतिहासिक सोनामाई मन्दिरमा आईतबारदेखि भूतमेला प्रारम्भ भएको छ ।
प्रत्येक वर्ष विजयादशमीको चौठी तिथिदेखि सुरु भई विजयादशमी (जात्रा)को दिन सम्म चल्नेछ । सो मेलामा दुष्टआत्माबाट पीडितहरुलाई धामी झाँक्रीले झारफुक गरी निको गर्ने जनविश्वास रहेको छ । मेलाको अवसरमा सोनामाई मन्दिरलाई बेहुली झैं सजाईएको छ । सोनामाई थान नामले परिचित औरहीको ऐतिहासिक मन्दिरमा वडादशैंको घटस्थापनादेखि जात्रासम्म पीडित भक्तजनहरुको भीड लाग्ने गरेको छ ।


