२०७८ आश्विन २६, मंगलवार ०६:४७

मलगंवा । सर्लाहीको पद्म– भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा सिटी लियो क्लबले कपडा सहयोग गरेको छ ।

लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको सेवाश्रममा सोमबार लालबन्दी सिटी लियो क्लबले कपडा उपलब्ध गराएको हो । क्लबले दशैँ, तिहार, छठजस्ता चाडबाडको अवसर पारेर आश्रमका वृद्धालाई २७ थान साडी, १५ थान बर्को र २ थान भेष्टपाइन्ट प्रदान गरेको हो ।

लालबन्दी सिटी लियो क्लबका अध्यक्ष सन्नी कुमार गुप्ता, लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष विकल जर्घा मगर, लायन्सका पूर्व अध्यक्ष राज कुमार न्यौपाने लगायतको उपस्थितिमा आश्रममा कपडा प्रदान गरिएको छ । आश्रममा बालबालिका र वृद्धवृद्धासहित ४० जनाभन्दा बढी बसिरहेका छन । सहयोगले आश्रम संचालनमा टेवा पुगेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले बताइन ।

Comment


Related News

Latest News

Trending News