२०७८ आश्विन २६, मंगलवार ०६:५८

गौर । आर्थिक प्रलोभनमा परि निर्दोषलाई फसाउन खोज्ने ४ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्ला गुजरा नगरपालिका–३ सिमरा टोल बस्ने २३ वर्षीय विजय शंकर तिवारी, कटहरिया नगरपालिका–१ भसेडवा टोल बस्ने ४२ वर्षीय रामलाल कुशवाहा र बारा जिल्ला कलैया उपमहानगरपालिका–१ कलैया चोक बस्ने २० वर्षीय नैना कुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शुक्रबार राति जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ टेकान टोलमा भाडामा बस्दै आएकी पुनम उपाध्यायको फ्याल्टमा रहेको ना १९ प ६७३३ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलको दुबै लुकिङ्ग ग्लासमा गम्छाले बेरेर एक छेउमा पोका बनाएर राखेको अवस्थामा प्रहरीले लागूऔषध बरामद गरि छानविन गर्दा उक्त व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्दा पोकाभित्रबाट ४ पत्ता प्रतिबन्धित लागूऔषध नाइट्रजिपाम ट्याब्लेट एक पत्तामा ३० वटाको दरले जम्मा १ सय २० वटा ट्याब्लेट फेला पारेका थिए । प्रहरीले सो मोटरसाइकलको इन्जन माथि राखिएको कालो पोलिथिनमा थप ६ पत्ता नाइट्राजेपाम ट्याब्लेट, डाइजीपाम इन्जेक्सन ७ वटा, बुप्रेनराफन इन्जेक्सन १० वटा , प्रोमेथाजिन हाइड्रो क्लोराइड इन्जेक्सन ६ वटा फेला पारेको थियो । प्रहरीले मोटरसाइकलमा लुकाएर राखेको लागूऔषध फेला पारेपछि पुनम उपाध्यायको फ्याल्टको भ–याङ्ग छेउमा रहेको पूर्व उत्तर कुनाको कोठामा खाजा खाँदै गरेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

सोधपुछ गर्दा तिवारीले मोटरसाईकल आफ्नो भएको र साथीको साथमा लिएर काम विशेषले चन्द्रनिगाहपुर आएको तर, फेला परेको लागूऔषध आपूmहरुको नभएको बताएका थिए । प्रहरीले तिवारी र कुशवाहासँगै रहेकी महत्तोसँग सोधखोज गरेपछि उनले षड्यन्त्रको रहस्योघाटन गर्दै प्रहरीलाई विजयका दाजु उमाशंकर तिवारीले ७० हजार दिएर लागूऔषध खरीद गर्न लगाई मोटरसाइकलमा राख्न लगाएको प्रहरी समक्ष बयान प्रहरी उपरीक्षक घिमिरेले बताए । विजय शंकर तिवारी र रामलाल कुशवाहाको जाहेरीको आधारमा मुख्य योजनाकार उमाशंकर तिवारी, पुनम उपाध्याय र पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी टोल बस्ने २६ वर्षीया सुनिता यादव र नैना कुमारी महतोलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकार आएपछि निर्दोष फसाउने कार्य तिब्र भएको छ । यस अघि गएको साउन ३२ गते प्रहरीको प्रत्यक्ष संलग्नतामा एक संचारकर्मीलाई लागूऔषधमा फसाउने षड्यन्त्र गरिएको थियो । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सक्रियतामा ति निर्दोष पत्रकार जोगिएपनि षड्यन्त्रमा सहभागी भएका अन्य योजनाकार अहिले सम्म पक्राउ पर्न सकेको छैन् । रौतहटको विर्तास्थित प्रहरी विद्यालयमा कार्यरत एक महिला शिक्षिकाले अर्को शिक्षकलाई स्थायी गरिदिने भन्दै डीआइजी रंजितकारको नाउमा रकम संकलन गरेको सार्वजनिक भएपनि नेपाल सरकारले कुनै कारवाही गर्न सकेको छैन् ।

तीन दिन अघि गौर भन्सार कार्यालयमा चेकजाँच गरेको समानमा प्रहरीले लागूऔषध कोरेक्स ७ सिसि राखेर निर्दोष महिला उधमीलाई फसाएको थियो । ७ नम्बर पोकामा ७ वटा लागूऔषध कोरेक्स राखिएको भन्दै गरुडामा प्रहरीले फेला पारी महिलालाई फसाएको थियो ।

Comment


Related News

Latest News

Trending News