२०७८ आश्विन २६, मंगलवार ०७:०४

जीतपुर । राष्ट्रिय एकता अभियान जीतपुरले विजया दशमीको शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

हिन्दूहरूको महानपर्व बडादशैँको अवसरमा जीतपुर कार्य समितिले शुभकामना आदानप्रदान गरेको हो । राष्ट्रिय एकता अभियान जीतपुरसिमराका संयोजक सुधिर गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय एकता अभियानका संयोजक विनय कुमार यादव प्रमुख अतिथि थिए । कार्यक्रममा संयोजक यादवले देशलाई जोड्ने एक मात्र धर्म हिन्दू धर्म रहेको बताए ।

राजनीति दलहरूले हिन्दू धर्मलाई उजागर गर्नुपर्ने पनि उनले धारणा व्यक्त गरे । कार्यक्रममा जीतपुरका अजित सिंह, राजा गिरी, शिवजी सोनार, विनोद जैसवाल, छोटेलाल यादव, खेलु गुप्ता, राजु गिरी, विभा देवी, मुन्नी पाठक लगायतको उपस्थिति रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News