२०७८ आश्विन २६, मंगलवार ०७:२९

जलेश्वर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित साहुजी धर्मशालाको उद्घाटन गरेका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्य अभिराम शर्माको निर्वाचन क्षेत्र विकास कोषबाट पिपरा–५ सहोडवामा नवनिर्मित साहुजी धर्मशालाको सोमबार एक कार्यक्रम बीच उद्घाटन गरेका हुन् । गत आर्थिक वर्षमा छुट्टयाइएको १५ लाखमा उक्त धर्मशाला निर्माण गरिएको हो । यस्तै सोमबार नै अध्यक्ष ठाकुरले जलेश्वर नगरपालिका– ९ आगेपुरमा मदर्सा भवनको उद्घाटन गरेका छन् ।

प्रदेशसभा सदस्य शर्माको निर्वाचन क्षेत्र विकास कोषबाट छुट्टयाइएको १२ लाखको लागतमा निर्माण गरिएको मदर्सा भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । सो अवसरमा प्रदेशसभा सदस्य शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा, लोसपाका नेता सुरेश पान्डे, सुशिल राउत, सुदिप झा, वडाध्यक्ष रुपेश झा, किशोरी महतो, शम्भु प्रसाद यादव, जितेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News