जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको कार्यालयमा बालविकास शिक्षक तथा कर्मचारीहरुले ताला लगाएका छन् ।
तलव वृद्धिको माग गर्दै बालविकास शिक्षकहरुले ताला लगाएका हुन । सोमबार बालविकास शिक्षक÷शिक्षिकाले गाउँपालिकाको मूलढोकामा ताला लगाएका थिए । सरकारले घोषणा गरेको बजेट भाषणबाट देशभरका सम्पूर्ण सामुदायिक विद्यालयका कार्यालय सहयोगी र बालविकासमा कार्यरत शिक्षक÷शिक्षिकाको तलब वृद्धि गरेर १५ हजार दिने घोषणा गरेको थियो ।
सो मध्ये १५ हजारमा ८ हजार संघीय सरकारले र ७ हजार स्थानीय सरकारले दिने गरी बजेट भाषण उल्लेख गरेपनि तलव वृद्धि नगरेकोले तालाबन्दी गरेको शिक्षकहरुले बताए । आन्दोलनरत शिक्षक कर्मचारीहरुले सरकारले तोकेअनुसारको तलव उपलब्ध गराउन आग्रह गरे । स्थानीय तहले समयमै माग सम्बोधन नगरे गाउँपालिकाभरीका सबै सामुदायिक विद्यालयहरु बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन् ।
यताबटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुबीच कात्तिक ११ गते बैठक बस्ने गरी सहमति भएको बताए ।


