२०७८ आश्विन २६, मंगलवार ०८:०६

जनकपुरधाम । कृषि बीमाका शर्तहरु अव्यवहारिक रहेको बताउदै बीमा समितिका विज्ञमाथि उपभोक्ताहरुले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको कृषि बीमाको पहँुच विस्तार सहजीकरण सम्बन्धी बीमा कम्पनीहरुसंगको अन्तरक्रियामा वक्ताहरुले कृषि बीमाका शर्त संशोधन गर्न माग गरे । कार्यक्रममा सहभागी किसानहरुले कृषि बीमाका शर्त, प्रक्रिया र कार्यान्वयन अवस्था अव्यवहारिक भएको बताए । बीमाका शर्त किसान मैत्री नभएको, बीमा कार्यक्रम प्रभावकारी बनाउन तल्लो तहका कृषकले अपनाउन सक्ने विधि निर्माण गर्न सुझाव दिए । कृषि बीमामा सरकारले अनुदान दिएपनि किसान आकर्षित हुन सकेका छैन्न ।

पशु र कृषि उत्पादन लागतको ५ प्रतिशत र माछामा २ प्रतिशतमा हुने बीमामा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । राष्ट्रिय बीमा कम्पनी जनकपुर शाखाका प्रमुख सुर्यनाथ महतोले स्थानीय तहका कृषि प्राविधिक सक्रिय नहुँदा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । पशुपंक्षी र माछा खेती गर्ने कृषक बीमा गर्न आएपनि अन्न तथा फलपूmलको बीमाकालागि किसान नआएको आइएमई इन्स्योरेन्स जनकपुर शाखाका प्रबन्धक अर्जुन पौडेलले बताए ।

प्राविधिक कर्मचारीहरुले तौल सम्बन्धी मुल्याङकण समस्याले बीमा क्षतिपूर्तिमा किसानलाई समस्या भएको पौडेलले बताए । माछामा १० र २५ ग्राम तौल भएको माछाको वर्ष भरीको लागत र अन्य प्राविधिक मुल्यांकण गरी बीमा क्षतिपूर्ति दिने व्यवस्था भएपनि किसानले अपेक्षा बढी गरेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धनुषाका प्रमुख युगलकिशोर तिवारीले सुरक्षा र स्वेच्छाले नभई ऋण र अनुदानकालागि कृषि बीमा भइरहेको बताए । कृषि बीमा कार्यक्रम नैतिकता र इमन्दारितासंग जोडिएको बताउँदै बीमाकालागि किसानबाट नै किसानमा प्रेरणा जगाउने समय आएको बताए । बीमा भएको पशु विरामी हुदा उपचार नै नगरी बीमाको क्षतीपुर्ति माग्ने क्रम बढेको पनि उनले बताए ।

Comment


Related News

Latest News

Trending News