नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न पार्टी महाधिवेशनमा अन्तिम सम्म आएर शेरबहादुर देउवाले पनि आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन ।
धनुषा निर्वाचन क्षेत्र–४ समितद्वारा मंगलबार क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेता निधि भने ,‘ मैले उहाँलाई मनाउन धेरै प्रयास गरेको छुँ ,साथीहरु पनि भन्नु हुन्छ शेरबहादूरजी तपाईकै कुरा मान्नु हुन्छ ’ । ‘अहिले सम्म मान्न तयार नभए पनि अन्तिम सम्ममा देउवाले मान्नु हुन्छ भन्ने मेरो विश्वास छ ’ उनले दोहो¥याए । ‘१४औं महाधिवेशनमा लड्छु भनेर अघिल्लो अधिवेशनमै मैले खुलेर देउवाजीलाई भनिसकेको थिएँ त्यसैले मैलें शेरबहादूरजीलाई धोका दिएको होइन । ’ उनले प्रष्ट पारेका छन । नयाँ व्यवस्थामा एक पटकका लागि प्रधानमन्त्री र एकीकृत नेपाली कांग्रेसको सभापति बन्ने चाहना देउवाले व्यक्त गरेको र त्यो चाहना पुरा भईसकेकोले देउवाजीले मलाई समर्थन गर्नू पर्ने अहिलेको आवश्यकता रहेको नेता निधिको कथन थियो । नेता निधिले १५औं महाधिवेशनमा युवा पुस्ताहरु नेतृत्वमा आउने निश्चित भएकाले यस पालि सभापतिमा आप्mनो दावेदारी रहने प्रष्ट गरे । कार्यकर्ताहरुलाई सभापतिमा जित्न वातावरण बनाईदिन आग्रह गर्दै नेता निधि भने , ‘ पहाडका साथीहरुले समर्थन गर्ने आश्वासन दिनुभएको छ । मधेशमा जिताउन पनि तपाई सभापतिमा आउनु पर्छ भन्दैछन साथीहरुले ।’ हिमाल पहाड र तराईलाई जोड्न पनि म सभापति बन्न चाहेको स्पष्ट गरेका छन ।


