२०७८ आश्विन २७, बुधबार ०६:५७

जनकपुरधाम ।मिथिलामा दुर्गा भवानीको ‘र्खोइछ’ भर्ने बिधि अत्यन्त महत्वपूर्ण मानिन्छ ।सप्तमीको साँझदेखि नै ‘र्खोइछ’ भर्ने चलन नै चले अनुसार मंगलवार ग्रामिण भेगमा र कतिपयले राजदेवी मन्दिरमा समेत भरेका छन् । महिलाहरुले अत्यन्त निष्ठापूर्वक उपवासबसी दुर्गाको ‘र्खोइछ’ भर्छन् ।यस वर्ष तिथिको हेरफेरले ‘र्खोइछ’ भर्ने विषयमा एकमत देखिएको छैन् ।

सप्तमीको बेल टुटेपछि परम्परागत रुपमा व्रतालु महिलाहरुले ‘र्खोइछ’ भरेका छन् । तर पण्डितहरुका अनुसार राजदेवी मन्दिरमा मंगलवार मध्यरातीपछि ‘र्खोइछ’ भर्न सकिनेछ ।तर कतिपय पण्डितहरुले बुधवार बिहानदेखि नै ‘र्खोइछ’ भर्ने बताएका छन् । राजदेवी मन्दिरमा मंगलवार रातीबाट औपचारिक रुपमा नै ‘र्खोइछ’ भर्ने कार्यक्रम प्रारम्भ हुने महाबीर युवा कमिटीका पूर्व अध्यक्ष विनोद चौधरीले जनाए ।‘केहि श्रद्धालुहरुले मंगलवार दिउँसोपनि ‘र्खोइछ’ भरेका छन्’ उनले भने, तर मन्दिरको तर्फबाट मंगलवार मध्यारातीदेखि ‘र्खोइछ’ भर्ने कार्य प्रारम्भ हुनेछ । आचार्य पण्डित सन्तोष पाण्डेयका अनुसार अष्टमी प्रारम्भ भएपछि ‘र्खोइछ’ भर्न सकिनेछ ।‘मिथिलामा छोरी बिदाईको बेला ‘र्खोइछ’ दिने मान्यता छ ’पण्डित पाण्डेयले भने, त्यसअनुसार ‘र्खोइछ’ को कार्यक्रम नवमीको दिन हुनुपर्छ ।तर मान्यता चलन अनुसार अष्टमीको ‘र्खोइछ’ भर्ने गरिन्छ । पण्डित सन्तोषकै तर्कसित जनकपुरधाम मुरली चोकका पण्डितहरु सहमत देखिन्छन् ।मुरली चोकमा बुधबार राती ३ बजेदेखि बिहिबार बिहान १० बजे सम्म ‘र्खोइछ’ भरिनेछ । पण्डितहरुबीच एकमत हुन नसक्दा तीन दिन नै ‘र्खोइछ’ भर्ने कार्यक्रम चल्ने छ ।हुनत कतिपय पण्डितले स्थानको चलन अनुसार ‘र्खोइछ’ भर्ने कार्यक्रमगर्दा कुनै क्षति नहुने तर्क गर्छन् । घटस्थापनाको दिन दुर्गा भवानी माइत आउने र विजयादशमीको दिन घर फर्किने धार्मिक मान्यता रहेको छ ।छोरी माइत आउँदा र विदाईको बेला मिथिलामा गरिने बिधिहरु दुर्गा भवानीको बिदाईमा पनि गरिन्छ ।तर यो प्रकृया धार्मिक भएकाले भिन्न हुन्छ ।

Comment


Related News

Latest News

Trending News