अपडेट 
२०७८ आश्विन २७, बुधबार १६:५६

नेपालमा बुधबार ३ सय ६५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

देशभर गरिएको ३ हजार ७ सय ७१ पिसिआर परिक्षणका क्रममा ३ सय २६ जना र १ हजार ९ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार १ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ६१ संक्रमित निको भएका छन् । त्यस्तै थप ६०९ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म ७ लाख ७८ हजार ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १४ हजार २ सय ६७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News