अपडेट 
२०७८ आश्विन २९, शुक्रबार ०७:१३

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १३ हजारमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ मा झरेको हो । नेपालमा हालसम्म ७ लाख ७९ हजार १ सय ५४ जना कोरोनामुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ सय १४ जनाको परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा परीक्षण गरिएका नमूनामध्ये ७ दशमलव ३२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार ५ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ६९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ८३ लाख ८८ हजार ४ सय दुई जनाले पहिलो मात्रा र ६४ लाख ६९ हजार १ सय ५९ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News