२०७८ आश्विन ३०, शनिबार ०९:२०
बडादशैंको एघारौं दिन आजपनि मान्यजनबाट टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी छ ।
दशैंको मुख्य दिन हिजो विजया दशमीबाट शुरु भएको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम मुलुकका धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ । पापमा अन्कुस लगाउने विश्वासका साथ आजको दिनलाई पापान्कुस एकादशी समेत भनिन्छ । यसअघि सुनसान बनेका शहरी क्षेत्रमा हिजो टीका लगाएसँगै चहलपहल बढेको छ । बजारपसल समेत केहि खुल्न थालेका छन् । सडकमा सवारी साधनको संख्या समेत बढदै गएको ट्राफिक प्रहरीले जनाएको छ ।
देशका केही स्थान र समुदायमा भने हिजो एक दिन मात्रै टीका लगाउने चलन छ । कोजाग्रत पूर्णिमामा जमरा बिसर्जनसँगै दशैं सकिन्छ ।

