२०७८ कार्तिक २, मंगलवार ०७:२६

बीरगञ्ज । जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदीप यादवले पार्टीलाई अगामी दिनमा एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बीरगञ्जमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई बोल्दै उनले सो कुरा बताएका हुन् । पर्सा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद यादवले बीरगञ्ज स्थित ओम पार्टी प्यालेसमा आईतवार, दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा पार्टी भित्र र बाहिर अनेक भ्रमको खेतीपाती भए पनि आफु पार्टी भित्रै संघर्ष गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘पार्टी भित्रै संघर्ष गरी नेतृत्व पंक्तिलाई सघाउने छु ।’ २०६४ सालदेखि निरन्तर यो पार्टीलाई पर्सामा खडा गरेको छु भन्दै उनले पार्टी मेरोलागि घर हो, नेता कार्यकर्ता इटा, सिमेन्ट र छड जस्तै निर्माण सामग्री हुन्,’उनले भने–‘कसैले भन्दैमा यो पार्टी छाडेर म कहि कतै जाने छैनौं, केही नेताहरुले आफु बारेमा भ्रम मात्र उत्पन्न गरि रहेको छ।’ उनले कार्यक्रम आयोजना गर्दा जिल्ला तथा केन्द्रका केही नेताले नेता÷कार्यकर्तालाई कार्यक्रममा सहभागी नहुन फोन समेत गरेको र रातभरी एउटा गुटले जाग्राम नै बसेर कार्यक्रमनै प्रभावित गर्ने षडयन्त्र गरेको तर उनीहरुको षडयन्त्र विफल भएको दावी गरे ।

उनले पार्टी अध्यक्षको बारेमा ‘कुबचन’ बोल्ने अन्य पार्टीका नेताहरुलाई मैले मुख मै जवाफ फर्काउने गरेको तर आफनै पार्टीमा ४ वर्ष पहिले आएका नेताहरुले मौन साधनु मौन समर्थन गर्नु दुःखद कुरा रहेको उनले बताए । उनले लोसपाका नेता विमल श्रीवास्तव, बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी र पार्टीका केही गुटका नेताहरुले गरिरहेको षडयन्त्रबाट पार्टीका नेतालाई सचेत रहन आग्रह समेत गरे । उनले भने–‘हाम्रै नेता तथा जनप्रतिनिधि अहिले अरु पार्टीको पञ्चायतमा बसिरहेका छन्, मोटरसाइकलमा घुमिरहेको फोटो छ मसंग छ ।’ जसपा पहिले पनि काँग्रेस र कम्यूनिष्ट पार्टीसंग कमजोर थिएन,भविष्यमा पनि नहुने उनले दावी गरे ।

Comment


Related News

Latest News

Trending News