कलैया । हाथीको आक्रमणमा परि मृत्यु भएका परिवारलाई १० लाख रुपैया सहयोग गरिएको छ ।
वन तथा वतावरण मन्त्री रामसहाय यादवले कलैया उपमहानगरपालिका–२ अवधापुर निवासी मृतक रामदेव प्रसाद कुर्मीको परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् । गएको असार १८ गते खेतमा काम गरिरहेको अवस्थामा ८ बजेको समयमा जंगली हाथीले आक्रमण गर्दा गम्भिर घाइते भएका कुर्मीको उपचारका लागि कलैया अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ पहिलो संशोधन २०७२ बमोजिम गठित राहत बितरण समितिको निर्णय बमोजिम पर्सा राष्ट्रिय निकुञ्ज आधारबाट उपलब्ध गराएको १० लाखको चेक मृतक परिवारलाई मन्त्री यादवले प्रदान गरेका हुन् । कार्यक्रममा प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषादेवी यादव, संघीय साँसद रामबाबु यादव, प्रदेशसभा सदस्य पारस साह, केन्द्रीय सदस्य रामकिशोर यादव, जसपाका अध्यक्ष अजय पटेल कलैया उपमहानगरपालिकाका पार्टी अध्यक्ष शिवनाथ पटेल, विद्यार्थी नेता मनिष यादव लगायतको सहभागिता रहेको जसपाका युवा नेता सुजित पाण्डेयले जानकारी दिए ।


