२०७८ कार्तिक २, मंगलवार १५:३६

अनशनरत रूवी खान र सरकारबीच सहमति भएकाे छ ।

गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै खानले अनशन स्थगित गर्न सहमत  हुनु भएको हो ।

सहमति भएसँगै खानले अनशन स्थगित गर्ने बताउनुभएकाे छ।

सात दिनभित्र प्रतिवेदन बुझाउने गरी बनेको छानबीन समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान रहेका छन् ।

अनशनरत खानले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने मागप्रति गृहमन्त्रालय सकारात्मक रहेको बताइएकाे छ ।

Comment


Related News

Latest News

Trending News