अपडेट 
२०७८ कार्तिक ३, बुधबार ०७:२२

नेपालको सत्ताधारी नेपाली कांग्रेसले आफनो पार्टीका केही नेताहरुलाई दक्षिणी छिमेकी भारतको भ्रमणमा पठाउनुको दुरगामी महत्व छ ।

नेपालको सबै भन्दा ठुलो एवं पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले, विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक राष्ट्र भारतको सत्ताधारी भारतीय जनता पार्टी तथा त्यहाँका प्रमुख राजनीतिक दलहरुसित घनिष्ट सम्बन्ध कायम गर्ने प्रयासलाई सकारात्मक रुपमा लिनुपर्दछ । नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा दक्षिणी छिमेकी भारतको सहयोग, सदभाव एवं समर्थन रही आएको छ तर नेपालका राजनीतिक दलहरुको भारतका प्रमुख राजनीतिक दलहरु भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टी सित कहिल्यै घनिष्ट एवं बाक्लो सम्बन्ध रहेन । सत्ताधारी नेपाली कांग्रेसका सभापति एवं देशका प्रधानमन्त्री शेर बहादुर देउवाले दक्षिणी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीसित मित्रताको सम्बन्ध बनाउने प्रयास गर्नु सराहनीय कार्य हो । अहिले सम्म नेपालका राजनीतिक दलहरु नेपाली कांग्रेसको सीमावर्ती बिहार एवं उत्तर प्रदेशका समाजवादी नेताहरु र नेपालका बामपन्थी दलहरुको बिहार एवं पश्चिम बङ्गालका केही नेताहरुसित मित्रता रहनु बाहेक खासै सम्बन्ध थिएन । बिहार र उत्तर प्रदेशमा समाजवादी पार्टीहरुको पराभव र कम्युनिष्ट दलहरुको क्षमतामा समेत ह«ास देखिएको छ । भारतको सत्ताधारी भारतीय जनता पार्टीको अध्यक्ष जगत प्रकाश नडाको निमन्त्रणामा नेपाली कांग्रेसका नेताहरु भारत भ्रमणमा जानुले धेरै महत्व राख्दछ नेपालका राजनीतिक दलहरुले भारतको राजनीतिक दलाई नजिकवाट कहिल्यै नियालेर हेर्न चाहेनन । केवल मनोगत विश्लेषणको आधारमा भारतलाई “ठुला दाई” को पदवी गुथेर आफु भित्र हिनताबोध राखेका हुन । भारत भने कहिल्यै आफुलाई ठुलो दाई मानेको र भनेको छैन । क्षेत्रफल, जनसंख्या, अर्थतन्त्र, सैन्य क्षमताको आधारमा एक्लो भारत मात्रै होइन चीन, अमेरिका, रुख र बेलायतलाई हेर्ने दृष्टिकोणमा केही फरक अवश्य पनि हुने गर्दछ ।

भारतसितको राम्रो सम्बन्ध हाम्रो देशको पनि हितमा हुनेछ । सत्ताधारी नेपाली कांग्रेस, आफुलाई लोकतान्त्रिक समाजवादमा विश्वास राख्ने पार्टीको रुपमा विश्लेषण अथवा दावी गर्दै आएको छु । भारतको स्वतन्त्रता आन्दोलनमा नेपालको सिमावर्ती, भारतको बिहार र उत्तर प्रदेशमा समाजवादी नेताहरुको भुमिका अग्रणी थियो । नेपाली कांग्रेसका नेताहरु मातृका प्रसाद कोईराला, बि.पी.कोइराला, गणेशमान सिंह, सूर्य प्रसाद उपाध्याय र भद्रकाली मिश्रहरु भारतका महान समाजवादी नेता डा.राममनोहर लोहिया , जय प्रकाश नारायण, जे.बी.कृपलानी, नरेन्द्रदेव र मधु लिमयेका नजिक थिए । जबकी त्यतिवेला पनि भारतको राजनीतिमा कांग्रेसका नेताहरुको भुमि र योगदान नै अग्रणी थियो । नेपाली कांग्रेसका सर्वप्रिय नेता बि.पी.कोईरालाको भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुसित किन राम्रो सम्बन्ध थिएन ? अथवा त्यस पछिका दिनमा पनि इन्दिरा गान्धी र मोरारजी देसाईहरु सित किन राम्रो सम्बन्ध थिएन, यो गहन अनुसन्धानको विषय छ ? तर पछिका दिनमा कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोईराला र सुशिल कोईराला पनि पुरानो लिक भन्दा बाहिर आउन चाहेनन । जबकी सने् अस्सीको दशकमा नै भारतीय राजनीतिमा परिवर्तन आउने सम्भावना प्रष्ट भई सकेको थियो । जनसंघ अथवा भारतीय जनता पार्टी “एकात्म मानवतावाद र सांस्कृतिक राष्ट्रवाद” मा विश्वास राख्ने पार्टी भएको कारण यसको स्वभाविक झुकाव नेपालको राज्य संस्था तिर नै थियो । तर राज संस्थाको अन्त्य पछि पनि यो सम्बन्ध कयाम रही रहने कुरै भएन । तर नेपालका राजनीतिक दलहरु भने यही यस्तै ठान्दै आएका छन् । जबकी यथार्थ भन्ने नेपालमा राजतन्त्रको अन्त्य भएको १५ वर्ष विति सक्दा पनि र बिहार एवं उत्तर पदेशको राजनीतिवाट समाजवादी नेताहरुको सान्दर्भिकता सकिएको अवस्था जग जाहेर हुँदा पनि नेपाली कांग्रेस लगायतका नेपालका राजनीतिक दलहरुले भारतका प्रमुख राजनीतिक दलहरुसित मित्रता कायम गर्न नखोज्नुमा कसको कमी–कमजोरी ठाने ? भारतको राजनीति, आर्थिक नीति र परराष्ट्र नीति एउटै खास प्रकृया अनुसार बढेको देखिन्छ । सरकार परिवर्तनसित यसको कुनै सम्बन्ध हुँदैन जबकी हाम्रो देशमा पनि न त आर्थिक नीति र न त राजनीति र परराष्ट्र नीतिको चरित्र नै स्थायी प्रकृतिको रहेको छ ।

यस्तो अवस्थामा सरकार परिवर्तन हुने वितिकै धेरै कुरा उथल– पुथल हुन जान्छ र सरकारले राम्ररी काम गर्न नसके पछि आफनो कमी– कमजोरी र असफलताको निम्ति अन्य देशलाई जिम्मेवार ठहराईन्छ । ठुला र विकसित देशहरुले प्रगति गर्नुको प्रमुख कारण त्यहाँका राज्यको चरित्रमा र नीतिमा स्थायित्व र निरन्तरता हुनु हो जबकि कमजोर देशहरु सधै आफनो असफलताको निम्ति नजिकको छिमेकी माथि नै दोषारोपण गर्ने गर्दछ । नेपाली कांग्रेस देशको सबैभन्दा ठुलो एवं पुरानो लोकतान्त्रिक पार्टी हो । विशवको सबै भन्दा ठुलो लोकतान्त्रिक देश भारत सित उसले गहिरो भित्रसम्बन्ध राख्नु स्वभाविक नै छ । भारतमा विगत सात वर्ष दखि भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको नेतृत्वमा सरकार अस्तित्वमा छ । भारतीय राजनीतिमा यस पार्टीको भुमिका लामो समय सम्म अर्थ पूर्ण र निर्णायक रहने निश्चित छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले, भारतको सरकार र सत्ताधारी दल सित राम्रो सम्बन्ध कायम गर्नु आवश्यक छ । भारतीय राष्ट्रिय कांग्रेस लगायतका अन्य दलहरुसित पनि नेपाली कांग्रेस तथा नेपालका अन्य राजनीतिक दलहरुको मित्रवत सम्बन्ध रहनु पर्दछ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईराला र नेताहरु शेखर कोईराला एवं प्रदीप गिरीहरु भारतको राजनीतिवारे गहिरो जानकार राख्दछन् । डा.शशांकले केही वर्ष अघि देखि नै नेपाल पुनः हिन्दु धर्म सापेक्ष राष्ट्रको रुपमा घोषित हुनु पर्ने पक्षमा आफना तर्कहरु राख्दै आएका छन तर आधिकारिक रुपमा जब सम्म नेपाली कांग्रेसले आफनो पार्टीको विधान र घोषणापत्रमा यस कुराको उल्लेख गर्दैन, तब सम्म उनको निजी बक्तव्यको कुनै अर्थ हुने छैन । भारतको सत्ताधारी भारतीय जनतापार्टी सित राम्रो सम्बन्ध बिकसित गर्न नेपाललाई हिन्दु राष्ट्र नै घोषित गर्नुपर्ने आवश्यक छ, जस्तो लाग्दैन । भारत पनि धर्मनिरपेक्ष राष्ट्र नै हो र भविष्यमा पनि यसै संरचनामा रहनेछ तर त्यहाँका नेताहरु सांस्कृतिक राष्ट्रवादमा विश्वास गर्ने गर्दछन्, नेपालमा सांस्कृतिमा आधारित राष्ट्रवाद अर्थहीन मानिन्छ ।

जब सम्म कोही व्यक्ति अथवा समाज आफनो धर्म, सांस्कृति, सभ्यता, कला, गौरवशाली परम्परा र महापुरुषहरुको कृतिको सम्मान, संरक्षण र सम्वद्र्धन गर्ने छैन तब सम्म उ राष्ट्रवादी कहलिने योग्य हुन सक्दैन । कुनै छिमेकीको झण्डा जलाउदैमा र पुत्ला फुक्दैमा राष्ट्रियता बलियो हुँदैन । हामी सगरमाथाको संरक्षण गर्न सक्यौं, लुम्बिनी र जनकपुरको विकास गर्न सक्यौ र काठमाण्डौ उपत्यका लगायत देश भरिमा छरिएर रहेका सैकडौ– हजारौ, धार्मिक एवं सांस्कृतिक स्थल र धरोहरको संरक्षण गर्न सक्यौ भन्ने मात्रै हामी राष्ट्रवादी कहलिने छौं । लाखौ नागरिकले धर्म परिवर्तन गरि रहेको दुखद अवस्था छ । पहाडमा त गाउँका गाउँले नै धर्म परिवर्तन गरि हाले, कतिपय गाउँमा हिन्दु मन्दिरमा पुजारी पाउन गाह«ो भई रहेको छ । यस्तो अवस्थामा हामी कुन रुपले आफुलाई राष्ट्रवादी भन्ने ? भारतीय जनता पार्टी अथवा भारतको कुनै पनि राजनीतिक दल र सरकारले नेपालमा कस्तो शासन प्रणाली रहने हो यस विषयमा सुझाव दिने प्रश्न हुँदैन । नेपाल र नेपाली जनताको हितमा के गर्दा ठिक हुन्छ ? त्यस बारे निर्णय गर्न अधिकारी सरकार हो । नेपाली कांग्रेसको यो प्रयास सराहनीय छ ।

Comment


Related News

Latest News

Trending News