जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल)का वरिष्ठ नेता राजेन्द्र महतोले धार्मिक भाईचारा कायम राख्दै एकले अर्काको धर्मसंस्कृतिको सम्मान गर्नु पर्ने बताएका छन् ।
मोहम्मद पैगम्वरका जन्मज्यन्तीको अवसरमा जनकपुरधाममा निकालिएको ¥यालीको उद्घाटन गर्दै उनले हिन्दु–मुस्लिम सबै धर्मको आ–आप्mनै संस्कृति र परम्परा रहेको बताए । ‘तर सबैभन्दा पहिला मानव हौं भन्ने बुभ्mनुपर्छ’–उनले भने । सबै धर्म, जात एकजूट भए मात्र मुलुकमा सम्मानपूर्वक जीवन व्यतीत गर्न सकिने नेता महतोको भनाई थियो । मुलुकको शासन प्रणालीमा मुस्लिमको उपस्थिति न्यून रहेको बताउँदै त्यो सम्मानजनक नरहेको प्रति उनले आक्रोश व्यक्त गरे । अहिले अधिकार, सम्मान र पहिचानको लडाई जारी छ, उनले भने–‘त्यसमा मोहम्मद पैगम्बरले मुस्लिममा शक्ति प्रदान गरोस् ।’ जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले प्रकृतिको अगाडि कसैको नचलेको बताए । भारी वर्षाको कारण अस्त व्यस्त बनेको जनकपुरधामको ढल व्यवस्थापनलाई लिएर व्यापक आलोचना भईरहेको बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । मेयर साहले भने–‘अहिले चित्रा नक्षत्रमा अचानक अतिवृष्टि भएको छ, यो प्राकृतिक घटना हो र प्रकृतिमाथि कसैको नियन्त्रण छैन् । तथापि नगरप्रहरी, सफाई कर्मचारीहरुलाई तत्काल खटाएर ठाउँ–ठाउँमा ढल सफा गरेर पानीको निकास दिने कार्य भएको छ ।’ ‘जहिले पनि नकारात्मक कुरा गरेर हुँदैन, कुनै समस्याको समाधान सबै पक्ष अघि बढ्नुपर्छ ।’ वर्षाको समस्या जनकपुरधामको मात्र होइन्, समग्र मुलुकनै समस्याको रुपमा रहेको बताउँदै किसानहरुलाई क्षतिपूर्ति गर्न उनले मांग गरे । मेयर साहले किसानहरुको यस वर्षको मालपोत राजस्व माफ गर्नुपर्ने मांग समेत गरे ।
प्रदेश सरकार संघीय सरकार तथा स्थानीय निकायहरुबाट समेत किसानहरुले भोगेको क्षतिको थोरबहुत पूर्तिको लागि एक वर्षको जग्गाको कर माफ गर्नु पर्ने अहिलेको आवश्यकता रहेको मेयर साहले प्रष्ट पारेका छन् । दुई दिनदेखिको वर्षाले गर्दा घर भित्र् ियाउन लागिएको धानबाली नष्ट भएको छ । उनले भने–‘किसानहरुको धानबाली अचानक पानीमा बगेर गयो, करोडौंको धानबाली नष्ट भएको छ, सोको लागि किसानलाई क्षतिपूर्ति दिने कुरो उठेको छ म पनि यसै सार्वजनिक मञ्चबाट किसानहरुको मालपोत (मालगुजारी) माफ गर्नु पर्ने मांग गर्दछु ।’ लोसपाका नेता उमाशंकर अरगरियाले व्यापक जनधनको क्षति भएकोले क्षतिपूर्तिको लागि सरकारले संवेदनशिल भई सोंच्नु पर्ने आवश्यकता रहेको बताए छन् । नेपाल कृषि प्रधान देश रहेको बताउँदै अहिले किसानहरु नै ठूलो समस्यामा परेका कारण किसानहरुकोलागि राहत प्याकेज छिटो भन्दा छिटो ल्याउन उनले माग गरे । उनले वर्तमान समस्या समाधान गर्न तिर प्रदेश सरकार, संघीय सरकार तथा स्थानीय निकायहरुसंग राहतकालागि आग्रह गरे ।


