२०७८ कार्तिक ४, बिहीबार ०७:२९

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका सदस्य शेषनारायण यादवले किसानहरुलाई राहत उपलब्ध गरानुपर्ने माग गरेका छन् ।

धानवाली भित्र्यिाउने बेलामा अकल्पनीय अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीमा व्यापक क्षति भएको भन्दै नेता यादवले सम्बन्धित निकायले तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । टुडेकर्मीसित संक्षिप्त कुरा गर्दै नेता यादवले अविरल वर्षाले धानबालीमा ठूलो क्षति पु¥याएको भन्दै किसानहरुकोलागि राहत प्याकेज ल्याउन सम्वन्धित निकाय संग माग गरेका छन् । उनले धान काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेको बताउँदै किसानहरुको आर्थिक अवस्थाको बारेमा सरकारलाई सोच्नुपर्ने धारणा राखे । धानबालीलाई पानीले बढी असर पारेको बताउँदै यसप्रति तीनै तहको सरकार गम्भीर हुनुपर्ने उनले थपे । उनले भने–‘आकाशे पानीको भरमा धान खेती गर्दै आएको किसानलाई वर्षाले बाली भित्र्यिाउने बेला क्षति पुर्याएको हो ।’ वर्षाले साथ दिँदा यसपाली सतप्रतिशत रोपाइँ भएकाले प्रदेशमा धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा क्षति पुगेको छ । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्र् ियाउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि किसान निरास भएका छन् । हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत किसान उठाउन पाएको छैन् ।

Comment


Related News

Latest News

Trending News