२०७८ कार्तिक ४, बिहीबार ०७:३६

जनकपुरधाम । शहीद सरोज प्रसाद कोइरालाको ४९औं स्मृति दिवस जनकपुरमा मनाइएको छ ।

सुह्द पुस्तकालयले बुधबार आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री महेन्द्र यादवले शहीद सरोज प्रसाद कोइरालाको योगदानको स्मरण गरे । उनको विचार आजपनि सान्दर्भिक रहेको जिकिर गर्दै उनको योगदान सदैव स्मरणीय रहेको बताए । पुस्तकालका अध्यक्ष समिर दाहालको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा विशिष्ट अतिथि भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उनको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका धनुषा उपसभापति संतोष यादव, वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइराला, पुस्तकालयका पूर्व अध्यक्ष कृष्णचन्द्र झानेकाका पूर्व नगर सभापति धिरेन्द्र मोहन झा, युवा नेता विमलेश सिंह लगायतको उपस्थिति रहेको थियो । उनीहरुले शहीद सरोज प्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News