अपडेट 
२०७८ कार्तिक ४, बिहीबार ०९:०६

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारी अझै एक वर्ष सजिलै लम्बिने चेतावनी दिएको छ। गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण कोरोना महामारी सन् २०२२ सम्म सजिलै तानिने डब्ल्युएचओको चेतावनी छ।

डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिने बताए। डब्ल्युएचओको तथ्यांकअनुसार अफ्रिकी देशमा हालसम्म ५ प्रतिशतभन्दा कम मानिसले मात्रै कोरोनाविरुद्धको खोप प्राप्त गरेका छन्।

जबकि अन्य देशमा कम्तीमा ४० प्रतिशले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। डा. आयलवार्डले धनी देशहरूले गरिब देशहरुका लागि पनि उत्तिकै प्राथमिकतामा राखेर खोप सहयोगका लागि तत्परता देखाउनुपर्ने बताए।

उनले खोप कम्पनीहरूसँग धनी देशहरूले गरिब देशका लागि खोप उत्पादनका लागि अर्डर गर्ने र भण्डार गर्ने कुरामा नेतृत्व गर्नुपर्ने सुझाव दिए। विश्वभरका सबै मानिसले खोप प्राप्त नगरेसम्म कोरोना महामारी अन्त्य नहुने डब्ल्युएचओको चेतावनी छ।

Comment


Related News

Latest News

Trending News