२०७८ कार्तिक ६, शनिबार ०८:१२

रौतहट । स्रोत नखुलेको एक लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।

सीमा प्रहरी चौकी बन्जरहाबाट खटेको प्रहरी टोलीले रकम सहित भारत विहार राज्यको शिवहर जिल्ला ग्राम पंचायत बेलबाघाट ५ का विश्वनाथ साह कानुको छोरा २२ वर्षीय सुशील कुमार साहलाई पक्राउ गरेको जनाएको छ । इशनाथ नगरपालिका १ स्थित बैकाया खोलाको बाँधमा भारतबाट नेपाल आउँदै गरेको साहलाई चेकजाँच गर्दा झोलामा राखेको १ लाख ८० हजार भारतीय रुपैयाँ फेला परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रकम सहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News