२०७८ कार्तिक ७, आईतवार ०७:३९

कलैया । कलवार कल्याण समाज जिल्ला कार्य समिति बाराको दोश्रो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।

नेपाल कलवार कल्याण महासंघका केन्द्रीय अध्यक्ष कृष्ण गुप्ताले अधिवेशनको उद्घाटन गर्दै कलवार जातीलाई राज्यले उपेक्षा गरिरहेको हुदा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्ने माग गरे । आफनो अधिकारका लागि सबै कलवार समुदायहरु गोलबन्द भई अगाडी बढनुपर्ने आजको आवश्यकता रहेको कुरामा अध्यक्ष गुप्ताले जोड दिए । समाजका अध्यक्ष नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, पर्सा जिल्ला निवासी सुवोध गुप्ता, बाराका अगुवाहरु बिनोद साह, हरेकृष्ण प्रसाद जसवाल, महेन्द्र चौधरी, हरदेव गुप्ता र शम्भु प्रसाद साह, तेजनारायण प्रसाद जसवाल, किशोरी प्रसाद कलवार, शिवजी प्रसाद साह, भोला साह, बिरेन्द्र आर्य, भुनेश्वर जसवाल, सरोज चौधरी, माडवाडी समाजका अध्यक्ष निरजन अग्रवाल, बारा नागरिक समाजका महासचिव हिरालाल साह, लगायतकाले शुभकामना ब्यतm गरेका थिए । कलवार धर्मशाला निर्माण निर्माण गर्नका लागि आर्थिक सहयोग गरेका ४० जनालाई दोसल्ला ओढाई सम्मानित गरेका थिए ।

Comment


Related News

Latest News

Trending News