अपडेट 
२०७८ कार्तिक ७, आईतवार १५:३३

प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कार्तिक १५ गते दिउँसो १२ः३० गते बस्ने गरी आइतबारको बैठक स्थगित गरेका हुन् । प्रदेश १ प्रदेशसभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले आइतबार बस्ने भनिएको बैठक १५ गते बस्ने गरी स्थगित भएको जानकारी दिइन् । सभामुख भण्डारीले सर्वदलीय बैठक आह्वान गरी दलहरुसँग छलफल गरेर बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।

त्यसअघि नेपाली काँग्रेस र नेकपा एमालेले आइतबार बस्ने प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News