अपडेट 
२०७८ कार्तिक ८, सोमबार १४:२३

सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा ३०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँले बढ्दै एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News